२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तहमा कांग्रेसको धावा: कामै नगरी रकम निकालेको आरोप

२०७५, १० भाद्र आईतवार १०:०४

प्रेम सुनार | भदौ १०, बुटवल । आफ्नो सरकार नभएका  प्रदेश–५ भित्रका  स्थानीय सरकारको गतिविधीमा नेपाली कांग्रेसले वडास्तर सम्म गठन गरेको छायाँ सरकारले निगरानी बढाउँदै आएको छ ।  यस  प्रदेशका १२ वटा जिल्ला मध्ये गुल्मीका ९३ वटै वडाहरुमा छायाँ सरकाले निगरानी बढाएको र कतिपय थुप्रै योजनाहरु कामै नगरी रकम निकासी गरेको पाईएको जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले बताए ।

‘रेसुङ्गा नगरपालिका वडा नम्वर–६ मा बढि नै कम्जोरी पाईएको छ,–पन्थीले भने–‘ मालिका गाउँपालिका सहित अन्य केहि स्थानिय तहमा पनि साथीहरु रिर्पोटिङ्गमा हुनुहुन्छ ।  जिल्ला पार्टीमा आउने क्रम जारी छ । ’

रेसुङ्गा नगरपालिका वडा नम्वर ५ मा केहि केहि योजनाहरुमा  कामै नगरी रकम निकाला गरेको  कांग्रेस सो वडाका सभापति केशव मरासनीले आरोप लगाएका छन ।   आर्थिक वर्ष २०७४/७५ मा विनियोजित ७३ लाख भन्दा बढि रकम मध्ये केहि योजनामा दुरुपयोग भएको भन्दै त्यस वडाका छायाँ सरकार प्रमुख दुर्गा मरासीनी सहित कांग्रेसको एक  टोली वडाध्यक्ष गनबहादुर गुरुङ्ग समक्ष ज्ञपनपत्र बुझाई सकेको छ ।

सुनुवाई नभए अख्तियार सम्म पुग्ने चेतावानी कांग्रेसले दिएका छ । त्यस वडाको गुरुङ्ग गाउँका लागि सुन्तला कागती विस्तार कार्यक्रमको एक लाख कामै नगरी रकम निकासी गरेको कांग्रेसजनको आरोप छ । काग्रेसका अनुसार  ब्यवसायीक पशुपालन पकेट गाउँका लागि छुट्टाएको २ लाख रुपैयाँको पनि कामै भएको छैन ।

घरेलु उद्योग प्रर्वद्धनका लागि एक लाख छुट्टाईएकोमा एक जना  पुुर्व एमाले कै कार्यकर्तालाई ५० हजारको मेशिन खरिद गरी दिएको अन्य रकम हिनाविना गरेको कांग्रेसको आरोप छ ।  सहकारी प्रर्वधन कार्यक्रको एक लाख, गर्ववती सुत्केरी पोषण कार्यक्रमको एक लाख , अत्रकाँडा खानदुला  छापा  सिहान खानेपानी योजनाको चार लाख, वडास्तरिय खेलमैदन निर्माणको दुई लाखमा पनि रकम हिनाविना गरेको आरोप लगाईएको छ ।


त्यस्तै गुरुङ्ग संस्कृति संरक्षणको एक लाख , वडाका सवै गोरेटाबाटा मर्मतको २ लाख ५० हजार, फुटकर योजनाको ३ लाख ५० हजार , पहिरो नियन्त्रण सामग्री ब्वयस्थापनको १ लाख  समेतमा झारा टार्ने काम मात्रै गरेर रकम दुरुपयोग गरेको कांग्रेस वडा सभापति मरासीनीको आरोप छ ।  वडाध्यक्ष गुरुङ्गले भने त्यो आरोप झुट भएको जिकिर गर्दै सवैमा काम सम्पन्न भएको दावी गरेका छन ।

वडाध्यक्ष कै दाजुलाई योजनाका चाङ्ग

कांग्रेस सभापति मरासनीले वडाध्यक्ष गुरुङ्गका सहोदर दाजु  रुमबहादुर गुरुङ्गलाई त्यस वडामा विनियोजित गरिएका विकास योजनाको चाङ्ग लाग्ने गरेको बताउँछन । फुटकर योजना, गोरेटो बाटो मर्मत योजना, समग्र वडा नम्वर ६ को मोटरबाटो मर्मत सहित एउटै ब्यक्ति तिन तिन वटा उपभोक्ता समितिमा छन ।

अर्का पुर्व एमाले कार्यकर्ता नन्दबहादुर पुन पनि एउटै ब्यक्ति तिन चार वटा योजनामा छन । ति दुई जना कतै अध्यक्ष र कतै सचिव भएर मिलीजुली विकास  एउटै ब्यक्ति रहेका छन ।  एउटै ब्यक्ति धेरै विकास निर्माणमा रहँदा पारदर्शी नहुने काग्रेसको बुझाई छ ।

मालिकामा पनि कांग्रेस धावा

त्यस्तै मालिका गाउँपालिका कांग्रेस क्षेत्रिय सदस्य एवं छायाँ सरकार प्रमुख उपेन्द्र अर्यालले वडा नम्वर ४ अर्खबाङ्ग १६ वटा योजना र  वडा नम्र ८, मरभुङ्गमा ७ वटा योजना वडा योजनामा अनुगमन गर्ने कार्य भई रहेको अन्यत्र गर्ने क्रम तिब्र पारिएको त्यहाँका छायाँ सरकार प्रमुख उपेन्द्र अर्यालले जानकारी दिए  । 

उनले  भुरे योजनाहरु कार्यकर्ता पोषण गर्न बाँडिएको आरो लगाउँदै आएका छन । केहि दिन अघि क्षेत्रिय सभापति भगतसिंह खड्का , नेपाली विद्यार्थी संघका केन्द्रिय सदस्य सुर्दन खनाल , गत निर्वाचनमा त्यस गाउँपालिकामा कांग्रेसको तर्फबाट प्रमुख पदकी उमेदवार सिता अर्यालय लगायत डेलिगेशनमा पुगेका थिए ।

काग्रेस कार्यकर्ताहरुको निवेन समेत बुझ्न आनाकानी गरिएको, सुचनाको हक समेत प्रयोग गर्न नदिई गुमराहमा पारिएको आरोप लगाउँदै सभापति खड्काले गाउँपालिका प्रमुख रितबहादुर थापा सहितका जनप्रतिनिधीहरु संग आपत्ती जनाएका थिए ।

जवाफमा पालिका प्रमुख थापाले लगाईएका ति आरोपहरु सवै  सत्य नभए पनि  अन्य कतै केहि कम्जोरी भएको भए आगमी दिनमा सच्चाउने प्रतिबद्धता जनाएका थिए । विकास निर्माण र अन्य कार्यक्रम विनियोजन गर्ने क्रममा पुर्व एमालेकरण भएको कांग्रेसजनले आरोप कांग्रसले लगाएको थियो ।

जवाफमा  वडाध्यक्ष एवं त्यस पालिकाका प्रवक्ता शोभाखर गिरीले त्यस्तो कतौ नभएको , सबै पक्ष मिलेर त्यसमा पनि युवाहरु जुटेर आगमी अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए । त्यस पालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेले कर्मचारीहरुबाट सु–शासन र पारदर्शीताका लागि कसैले औला उठाउने गरी  सेवा प्रवाह गरिएको दावी गर्दै सशंकित नहुन आग्रह गरेका थिए । 

आफ्नो सरकार नभएक अन्य थुप्रै वडाहरुमा कांग्रेसले धावा बोल्दै आई रहेको छ । 

तलको तस्वीरमा: रेसुङ्गा नगरपालिका वडा नम्वर ६ मा कांग्रेले बझाएको ज्ञापनपत्र 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा