१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली काङ्ग्रेस महिला संघद्वारा वडा तहदेखिनै तेत्तीस प्रतिशत अधिकार दिन माग

१० भाद्र २०७५, आईतवार १७:३८

भदौ १०, काठमाडौँ (रासस) | नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले पार्टीले महिलालाई वडा तहदेखि केन्द्रसम्म ३३ प्रतिशत अधिकार दिन माग गरेको छ । 

नेपाल महिला सङ्घले संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २२औँ स्मृति दिवसका अवसरमा आज साँझ आयोजना गरेको ‘दीपप्रज्वलन तथा अन्तक्र्रिया’का वक्ताले ३३ प्रतिशत महिला अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका हुन् । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधान संशोधनमा महिलाको अधिकारलाई सम्बोधन गर्न दबाब दिनुपर्ने बताउनुभयो । “महिलाको हकअधिकारका लागि तपाईहरु सङ्गठित भएर अगाडि बढ्नुहोस्, म तपाईहरुको साथमा छु”, उहाँले भन्नुभयो । 

नेता सिंहले नेपालका महिलालाई पुरुषसरह पु¥याउनका लागि स्व मङ्गलादेवीको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपालको महिला अझसम्म पनि सुरक्षित हुन नसकेको भन्दै महिला अधिकारका लागि अझै लड्नुपर्ने बेला आएको बताउनुभयो । “दिनदिनै मुलुकका विभिन्न भागहरुमा महिला बलात्कार भइरहेका छन् त्यसका विरुद्धमा महिला सङ्घ एक भएर लड्नुपर्छ”, उहाँले भन्नुभयो । 

नेपाल महिला सङ्घ अध्यक्ष उमा रेग्मीले काङ्ग्रेसले महिलालाई वडादेखि केन्द्रसम्म ३३ प्रतिशत अधिकार सुनिश्चित गर्ने गरी विधान संशोधन गर्न माग गर्नुभयो । “नेपाली महिलाको हकअधिकारका लागि आवाज उठाउने महिला मङ्गलादेवी हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । 

महिला सङ्घ उपाध्यक्ष सरस्वती तिवारीले नेपालमा एकतन्त्रीय राणाशासन फालेर प्रजातन्त्र ल्याउन मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । 

महिला सङ्घ महासचिव धना खतिवडा, मञ्जु खाँण, प्रदेश नं ३ का सांसद कल्पना नेपाली, पूर्वसांसद कल्याणी रिजाल, रमा गुरागाईं, महिला सङ्घ अध्यक्ष विष्णुदेवी पुडासैनी लगायतले महिला सङ्घको संस्थापक अध्यक्षलाई पार्टीले सम्झन नसकेको भन्दै गुनासो व्यक्त गर्नुभयो । 

महिलाको हकअधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन