भदौ १४, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ । काठमाडौंको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो ।
सम्मेलनका लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थलमा पुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उदघाटन गर्ने कार्यक्रम रहेको छ । बिमस्टेकको अध्यक्षता गरेको देशको प्रधानमन्त्रीको हैसियतमा ओलीले २२ मिनेट सम्बोधन गर्ने कार्यक्रम छ ।
ओलीको सम्बोधनपछि वर्णानुक्रम अनुसार बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुख/सरकार प्रमुखहरूले १५-१५ मिनेट मन्तव्य राख्नेछन् । जसमा भारतका प्रधान्मनत्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमारका राष्ट्रपति विन मिन्त, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा, भुटान सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुकले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उक्त सम्बोधन देशको वर्णानुक्रम (अल्फाबेट) अनुसार हुने बताइएको छ। सम्मेलनमा ऊर्जा ग्रिडबारे सम्झौता हुने तय भएको छ। उक्त विषयमा सहमतिमा हस्ताक्षर भने शुक्रबार मनत्रै हुनेछ। गरिबी निवारण, प्रतिआतंकवाद, कृषि लागयतका क्षेत्रमा सहयोग आदानप्रदान गर्ने र बिम्स्टेकलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।