१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिमस्टेक सम्मेलनको समापन आज, के–के छ आजको कार्यक्रम ?

१५ भाद्र २०७५, शुक्रबार ०५:५३

भदौ १५, काठमाडौं । राजधानीमा शुरु भएको प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन आज समापन हुँदैछ । बिहीबार होटल सोल्टीमा शुरु भएको सम्मलेन घोषणापत्र तथा विभिन्न सहमतिमा हस्ताक्षर गरेर सम्पन्न हुन लागेको हो ।

सम्मेलनको दोस्रो तथा अन्तिम सत्र अहिले बिहान ११:०२ बाट शुरु भएको छ । सम्मेलनको शुरुमा बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकको निर्णयसम्बन्धी रिर्पोट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गर्नेछन् । मन्त्रस्तरीय बैठकको अध्यक्षको हैसियतमा उनले १५ मिनेट मन्तव्य राख्नेछन् ।

बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सदस्य मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग रिट्रिटस्थल सोल्टी होटल ताहाचलमा भलाकुसारी गर्दै । तस्वीरः प्रदीपराज वन्त, रासस

कार्यतालिका अनुसार, ११:२० बजे बिमस्टेकका महासचिव शाहिदुल इस्लामले प्रगति प्रतिवेदन प्रस्तुत, चौथो शिखर सम्मेलनको घोषणापत्र ग्रहण कार्यक्रम ११:५६ बजेका लागि तय भएको छ ।

त्यस्तै १२:०६ बजे नेपालले बिमस्टेकको अध्यक्षता हस्तान्तरण गर्नेछ । सन् २०१४ देखि बिमस्टेकको अध्यक्षता गर्दै आएको नेपालले श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गर्न लागेको हो ।

मध्याह्न सवा १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखेर सम्मेलन समापनको घोषणा गर्ने कार्यक्रम छ । 

बिमस्टेकको पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन