२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिमस्टेक सम्मेलनको समापन आज, के–के छ आजको कार्यक्रम ?

२०७५, १५ भाद्र शुक्रबार ०५:५३

भदौ १५, काठमाडौं । राजधानीमा शुरु भएको प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन आज समापन हुँदैछ । बिहीबार होटल सोल्टीमा शुरु भएको सम्मलेन घोषणापत्र तथा विभिन्न सहमतिमा हस्ताक्षर गरेर सम्पन्न हुन लागेको हो ।

सम्मेलनको दोस्रो तथा अन्तिम सत्र अहिले बिहान ११:०२ बाट शुरु भएको छ । सम्मेलनको शुरुमा बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकको निर्णयसम्बन्धी रिर्पोट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गर्नेछन् । मन्त्रस्तरीय बैठकको अध्यक्षको हैसियतमा उनले १५ मिनेट मन्तव्य राख्नेछन् ।

बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सदस्य मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग रिट्रिटस्थल सोल्टी होटल ताहाचलमा भलाकुसारी गर्दै । तस्वीरः प्रदीपराज वन्त, रासस

कार्यतालिका अनुसार, ११:२० बजे बिमस्टेकका महासचिव शाहिदुल इस्लामले प्रगति प्रतिवेदन प्रस्तुत, चौथो शिखर सम्मेलनको घोषणापत्र ग्रहण कार्यक्रम ११:५६ बजेका लागि तय भएको छ ।

त्यस्तै १२:०६ बजे नेपालले बिमस्टेकको अध्यक्षता हस्तान्तरण गर्नेछ । सन् २०१४ देखि बिमस्टेकको अध्यक्षता गर्दै आएको नेपालले श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गर्न लागेको हो ।

मध्याह्न सवा १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखेर सम्मेलन समापनको घोषणा गर्ने कार्यक्रम छ । 

बिमस्टेकको पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा