१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभाका १० वटा समितिका सभापतिको निर्वाचन स्थगित

१५ भाद्र २०७५, शुक्रबार १०:३३

भदौ १५, काठमाडौँ | सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका १० वटा समितिका सभापतिको निर्वाचनसम्बन्धी पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा सभामुखको निर्देशनमा अर्को सूचना प्रकाशित नभएसम्म समितिका सभापति चयनसम्बन्धी निर्वाचनका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको उल्लेख छ । 

निर्वाचनको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलि भदौ १६ गते शनिबार बिहान ११ देखि दिउँसो ५ बजेसम्म प्रस्ताव दर्ता गर्ने, भदौ १७ गते बिहान ११ बजेदेखि प्रारम्भ हुने समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्न कार्यक्रम रहेको थियो । 

प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि समिति रहेका छन् । 

राष्ट्रियसभा- सभापति निर्विरोध 

रााष्ट्रियसभाअन्तर्गतका चारमध्ये तीन विषयगत सभापतिको बुधबार निर्विरोध चयन भएको थियो । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा रामनारायण बिडारी निर्विरोध निर्वाचित हुनुभएको हो । 

दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन