२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सांसद श्रेष्ठले भने–‘दलितले डोरो बाँध्ने होईन छिनालौं’

२०७५, १५ भाद्र शुक्रबार १२:०१

प्रेम सुनार | भदौ १५, बुटवल । यसै समाचार दातालार्ई जनैपुर्णीमाको दिन एक जना व्राम्हणले अलग्गै डोरो बाँध्न दिएको र फेरी अर्को व्राम्हलाले बोलाएर आफै डोरो बानेका समाचार प्रकाशित भए पछि निकै प्रतिकृयाहरु आई रहेका छन ।

प्रदेश ५ का सांसद कमलराज श्रेष्ठले फोन गरेर भने–‘ पत्रकार महासंघ गुल्मीका अध्यक्षले तपाईलाई डोरो बाँधि दिएको र उनि जस्तै अर्का व्राम्हणले तपाईलाई अपमानित गरेको समाचार पढें ।  तपाईहरु जस्तो समुदायको मान्छेले त्यसरी डोरो बाँध्ने होईन छिनालेर फाल्ने हो ।

हिजोका कतिपय  सामान्तहरुले मागी खाने भाँडो बनाउन कसैलाई तल पार्दै र कसैलाई माथी पार्दै ल्याईएको प्रचलन हो । एउटा धागाको डोराले बाँधेर कहिँ जिवनको रक्षा हुन्छ ? स्वयम डोरो बाँध्धै आएकाहरुको रक्षा आफै गर्न सकेका छन ? त्यो समाचार हेरेपछि मैले तपाईको म्यासेन्जरमा ओसो ज्ञानको भिडियो पठाएको छु सुन्नु त ।’  

उक्त भिडियोमा ओसोले भनेका छन–‘ दलित भने पछि सुद्र मान्ने गरिएको छ । क्षेत्रिहरुलाई सुरुविर बनाईएको छ । उसलाई लडाईको मैदानमा । ज्ञानवान भनेको पण्डित मात्रै हो भनिएको छ । सुद्रलाई मुलुकमा हमाला भए पनि प्रतिकार गर्न नपर्ने रे । त्यसो भए हिन्दुस्तानमा हमाला होस त , सुद्रहरुले टुलुटुलु हेरेर बस्ने । हिन्दुस्तानमा सुद्र नबनाईएको भए अग्रेजको त्यति धेरै गुलाम हुन पर्दैन्थ्यो । आदि..।

सांसद श्रेष्ठ थप्छन–‘ अबका मानिसहरु  त्यस्ता सामान्तवादको  भ्रमका पछाडी लाग्ने होईन , भौतिकवादमा विश्वास गरौं । एक दिन दलितका घरमा पसेर खानेहरु ढोंगी हुन । संविधानले छुवाछुत मुक्त मुलुल घोषणा गरी सकेको छ । त्यही अधिकार प्रयो गर्दै पसौ मन्दिरहरुमा पुजा गर्न । ओसोले भने झैं पुजा पाठ गर्ने ठेक्का कुनै एक समुदायले मात्र लिनु हुन्न । जुन मन्दिरमा विभेत हुन्छ । त्यस्ता मन्दिर पनि तोडौ अब । ’

सोही खवर पढेर प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वराल भन्छन–‘ धर्मकर्म मान्नेहरु प्रति मेरो सम्मान छ र शुभकामना पनि दिन चाहन्छु तर म डोरो बाध्ने गरेकै छैन । एउटा धागोले शरिर बाँधेर ज्यानको रक्षा हुन्छ भन्ने मान्यता म पटक्कै  स्वीकार गर्दिन । डोरो बाँधेर , जनै लगाएर ज्यानको रक्षा हुन्छ , पुण्य कमाईन्छ भने किन त्यसै डोरा बाँध्धै आएकाहरुको मात्र रक्षा हुन नसकेको होला ? म छक्क पर्छु । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा