२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो बैठक शनिबारदेखि जारी (८ तश्विर)

२०७५, १७ भाद्र आईतवार ०२:४१

भदौ १७, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो बैठक  आज आज राजधानीमा बस्दैछ । शनिबार साढे १० बजेदेखि जारी बैठक बेलुका ६ बजे मात्र सकिएको थियो । वैठक आज शनिबार पनि बिहान ९ बजेदेखि सुरु हुँदैछ । 

जारी बैठकमा शनिबार देशभरबाट सहभागी भएका पार्टी पोलिटव्युरो सदस्यहरुले आफ्नो भनाई राख्ने क्रम जारी छ । बैठक सुरु भए लगत्तै शनिबारदेखि जारी पार्टीको राजनीतिक प्रतिवेदनमा आज थप नेताहरुले टिप्पणी राख्नेछन्  । 


जारी बैठकमा समसामयिक राजानितिक बिषय र भविष्यमा पार्टीको राजनीतिक दिशातर्फ गम्भिर छलफल भईरहेको एक पोलिट्ब्युरो नेताले बताए । शनिबारको बैठकमा नेताहरु साच्चिकै रुपान्तरित माओवादी पार्टी बनाउने कि प्रचण्डवादी जस्तो भएर पुर्व एमालेसँग लम्पसार पर्ने ? भन्ने प्रश्नमा केन्द्रित भएर आ-आफ्नो बिषय-वस्तु र टिप्पणी राखेका थिए । नेताहरुले प्रचण्डवादी सालनाल बोकेर अगाडी बढ्ने हो भने पार्टीलाई निरन्तरता दिनु निरर्थक रहेको बताए । उनीहरुले पार्टीको चरित्र फेर्दै जनतामा अशल चरित्र बोकेको पार्टीको रुपमा स्थापित हुनुपर्ने धारणा राखे । 

बैठकलाई माओवादी केन्द्रले नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेकपासँग ध्रुवीकरण तथा क्रान्तिबारे सकारात्मक वार्ताहरु भएको पनि जानकारी दिएको छ । उसले ओली-प्रचण्डको संसदवादी नेकपाको सरकार काफी अलोकप्रिय बनेको भन्दै प्रधानमन्त्री भ्रमणको बहानामा भारतीय फौजको परेड मैदान बनाएर नेपाललाई भुटानीकरणतर्फ धकल्ने, चिनिया सीमा स्थित अरुण जलविद्धुत परियोजना भारतलाई सुम्पने, चीनसँगको पारवाहन सम्झौता कार्यान्वयन नगर्ने, भारतसंगको व्यापार घाटा र भ्रष्टाचार लगातार बढाउने, चौतर्फी कर तथा इन्धन र उपभोग्य सामानको मूल्यवृद्धिबढाएर जनताको ढाड सक्ने जस्ता अलोकप्रिय काम गरेको जनाएको छ । माओवादी केन्द्रले नेकपाको सरकारको रक्षा केवल गणितले मात्र गरेको बताएको छ । 


बैठकले नेकपाको सरकारमा वादल नेतृत्वको गृहमन्त्रालयले जनपक्षीय सूधारको कामहरु गर्ने प्रयास गरेको भएपनि ओली र प्रचण्डको अभिजातवर्गीय अवरोधका कारण ती कामहरु बेवारिसे बनेको आरोप लगाएको छ । नेकपा माओवादी केन्द्रको बैठकले पार्टीले तय गर्ने बिभिन्न ५ बिषयमा केन्द्रित रहेर बैठकमा छलफल भईरहेको छ । बैठक आजै सम्पन्न गरिसक्ने पार्टी अध्यक्ष गोपाल किराती 'साइला'ले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा