१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो बैठक शनिबारदेखि जारी (८ तश्विर)

१७ भाद्र २०७५, आईतवार ०२:४१

भदौ १७, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो बैठक  आज आज राजधानीमा बस्दैछ । शनिबार साढे १० बजेदेखि जारी बैठक बेलुका ६ बजे मात्र सकिएको थियो । वैठक आज शनिबार पनि बिहान ९ बजेदेखि सुरु हुँदैछ । 

जारी बैठकमा शनिबार देशभरबाट सहभागी भएका पार्टी पोलिटव्युरो सदस्यहरुले आफ्नो भनाई राख्ने क्रम जारी छ । बैठक सुरु भए लगत्तै शनिबारदेखि जारी पार्टीको राजनीतिक प्रतिवेदनमा आज थप नेताहरुले टिप्पणी राख्नेछन्  । 


जारी बैठकमा समसामयिक राजानितिक बिषय र भविष्यमा पार्टीको राजनीतिक दिशातर्फ गम्भिर छलफल भईरहेको एक पोलिट्ब्युरो नेताले बताए । शनिबारको बैठकमा नेताहरु साच्चिकै रुपान्तरित माओवादी पार्टी बनाउने कि प्रचण्डवादी जस्तो भएर पुर्व एमालेसँग लम्पसार पर्ने ? भन्ने प्रश्नमा केन्द्रित भएर आ-आफ्नो बिषय-वस्तु र टिप्पणी राखेका थिए । नेताहरुले प्रचण्डवादी सालनाल बोकेर अगाडी बढ्ने हो भने पार्टीलाई निरन्तरता दिनु निरर्थक रहेको बताए । उनीहरुले पार्टीको चरित्र फेर्दै जनतामा अशल चरित्र बोकेको पार्टीको रुपमा स्थापित हुनुपर्ने धारणा राखे । 

बैठकलाई माओवादी केन्द्रले नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेकपासँग ध्रुवीकरण तथा क्रान्तिबारे सकारात्मक वार्ताहरु भएको पनि जानकारी दिएको छ । उसले ओली-प्रचण्डको संसदवादी नेकपाको सरकार काफी अलोकप्रिय बनेको भन्दै प्रधानमन्त्री भ्रमणको बहानामा भारतीय फौजको परेड मैदान बनाएर नेपाललाई भुटानीकरणतर्फ धकल्ने, चिनिया सीमा स्थित अरुण जलविद्धुत परियोजना भारतलाई सुम्पने, चीनसँगको पारवाहन सम्झौता कार्यान्वयन नगर्ने, भारतसंगको व्यापार घाटा र भ्रष्टाचार लगातार बढाउने, चौतर्फी कर तथा इन्धन र उपभोग्य सामानको मूल्यवृद्धिबढाएर जनताको ढाड सक्ने जस्ता अलोकप्रिय काम गरेको जनाएको छ । माओवादी केन्द्रले नेकपाको सरकारको रक्षा केवल गणितले मात्र गरेको बताएको छ । 


बैठकले नेकपाको सरकारमा वादल नेतृत्वको गृहमन्त्रालयले जनपक्षीय सूधारको कामहरु गर्ने प्रयास गरेको भएपनि ओली र प्रचण्डको अभिजातवर्गीय अवरोधका कारण ती कामहरु बेवारिसे बनेको आरोप लगाएको छ । नेकपा माओवादी केन्द्रको बैठकले पार्टीले तय गर्ने बिभिन्न ५ बिषयमा केन्द्रित रहेर बैठकमा छलफल भईरहेको छ । बैठक आजै सम्पन्न गरिसक्ने पार्टी अध्यक्ष गोपाल किराती 'साइला'ले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन