१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीलाई सांसदको प्रश्न : विमस्टेकमा सैन्य अभ्यासको निर्णय किन गरेको ?

१९ भाद्र २०७५, मंगलवार ०९:३२

भदौ १९, काठमाडौं । मंगलबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासको बंगालको खाडीको प्रयास (विमस्टेक) बैठकबारे जानकारी गराउँदै सम्मेलन सफल भएको बताएका छन् ।

तर विपक्षी सांसदहरुले भने विमस्टेक सम्मेलनमा विवादित सैन्य अभ्यासबारे सहमति गरिएको र रिट्रिट पनि तोकिएको ठाउँमा गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन् ।

नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले बिम्स्टेक वैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । 

नेता रावलले संविधानको मर्मविपरित र राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ति गरेको दाबी गरेका छन् । 

उनले भने,‘बिम्स्टेक वैठक सम्पन्न गरेकोमा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, सम्बन्धित मन्त्रालय सबैलाई हार्दिक धन्यवाद छ, तर केही निर्णयहरु गलत गरिएका छन्, त्यसैले मैले यसको बारेमा बोल्न बाध्य भएको हुँ, संविधानको हित विपरित र पार्टीको नीति विपरित कुनै सम्वाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हितविपरित यसरी सरकारले निर्णय गर्नुले सरकारात्मक सन्देश दिदैन् ।’ 

त्यस्तै कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले विमस्टेकको कुनै एजेण्डामा नै नभएको संयुक्त सैन्य अभ्यासबारेको निर्णयले नेपालीहरु सशंकित भएको बताए । ‘कुनै एजेण्डामा नै नभएको देशलाई गुमराहमा गरेर यस्तो निर्णय गर्दा नेपाली जनता सशंकित भएका छन्’ उनले भने ।

कांग्रेस सांसद मिनेन्द्र रिजालले सम्मेलन प्राविधिक र आर्थिक विषयको भए पनि सैन्य अभ्यासको निर्णय कसरी आयो भनी प्रश्न गरे । ‘सम्मेलन आर्थिक र प्राविधिकको थियो । सैन्य अभ्यासको कुरा भयो’ उनले भने ‘आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने प्रधानमन्त्री बनाएको ? अब बुझाइदिनुहुन्छ होला नि बहुपक्षीय आर्थिक र प्राविधिक विषयमा सैन्य अभ्यास किन आवश्यक भयो ?’

सांसद भरतकुमार शाहले गोकर्ण रिसोर्टमा रिट्रिट गर्ने भनेको बाटो बनाउन नसकेर सोल्टी होटलमा नै गर्नुपर्दा सरकारको सामर्थ्य देखिएको भनी व्यंग्य गरे । उनले थपे ‘राष्ट्रिय सभागृहमा गर्ने कार्यक्रम सोल्टीमा गरियो त्यहाँ सरकारको सामर्थ्य देखिएन र ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन