१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

‘सरकार पन्चायती भन्दापनि तानाशाही भयो’

२० भाद्र २०७५, बुधबार ०४:०५

भदौ २०, अर्घाखाँची | समाजवादको आस्वासन दिने सरकार पन्चायती भन्दापनि तानाशाही बनेको राष्ट्रिय जनमोर्चाले आरोप लगाएको छ । “संघियता चाहिदैन,कर बढाउन पाइदैन”भन्दै जनता र राष्ट्रको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी प्रशासनले दमन गरेको भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सरकार प्रति यस्तो आरोप लगाएको हो ।

जनप्रतिनिधि नामका संघिय ब्यबस्थाका कर्मचारी पाल्न गरिएको कर बृद्धि फिर्ता हुनुपर्ने,संघियता खारेज हुनुपर्ने,बलत्कार,हत्या हिसां, भ्रष्ट्रचार, महगीं पूर्ण रुपमा नियन्त्रण हुनुपर्ने,सामाजिक बिकृतिमा लाग्ने ब्यक्ति वा समुहलाई कडा कार्बाही हुनुपर्ने जस्ता बिषयमा सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय जनमोर्चाको राष्ट्रिय कार्यक्रम अनुसार सोमबार सन्धिखर्कमा भएको मसाल जुलसको क्रममा प्रहरीले धरपकड गरेको भन्दै राष्ट्रिय जनमोर्चाका नेताहरुले आक्रोस ब्यक्त गर्दै यस्तो आरोप लगाएका हुन् । 


पछिल्लो समय भइरहेको सबै खाले सामाजिक बिकृतिका बिरुद्ध र संघियता खारेजीको माग गर्दै अस्ति सोमबार सांझ मसाल जुलुस प्रदर्शन गरेको राष्ट्रिय जनमोर्चाले मंगलबार हिजो शान्ति बंगैचामा आयोजना गरेको बिरोध सभामा बोल्ने बक्ताहरुले यस्तो धारणा ब्यक्त गरेका हुन् । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.को अध्यक्ष्यता,उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र सचिव बाबुराम सुनारको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापा,प्रदेश ५ का सदस्य शेर बहादुर बि.सी.,सन्धिखर्क नगर अध्यक्ष पशुपति ढकाल,किसान संघका केन्द्रिय महासचिव कृष्ण के.सी. र महिला संघ केन्द्रिय उपाध्यक्ष सकुन्तला रानाले मन्तव्य राख्दै नेपाली जनता समयमै सचेत भएर राष्ट्रियताको पक्षमा एक जुट हुन नसके देशको अस्थित्व गुम्ने खतरा रहेको दाबी गर्नुभएको छ ।


“संघियताको खारेजी,राष्ट्रियताको रक्षा”,भ्रष्टचारी र बलत्कारीलाई कार्बाही गर्नुपर्ने नारा सहित सयौंको संख्यामा सन्धिखर्क मसाल बजारबाट सुरु भएको जुलुस शान्ति बंगैचामा पुगेर बिरोध सभामा परिणत भएको थियो ।कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारले समेत आफ्ना प्रस्तुती मार्फत आन्दोलनलाई उर्जा प्रदान गरेको थियो ।यसैबिच राष्ट्रिय जनमोर्चाले सोमबार सन्धिखर्कमा निकालेको मसाल जुलुसमा राष्ट्रिय जनमोर्चाका जिल्ला कोषध्यक्ष यमलाल पोख्रेललाई गिरफ्तार गर्नुको साथै प्रहरीले कमल भुसाल लगायत दर्जनौं नेता कार्यकताहरुमाथी लाठी प्रहार गरेको भन्दै मंगलबार हिजोको बिरोध सभामा नेताहरुले प्रशासनमाथी आक्रोस पोख्नमै अधिकाशं समय बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन