१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा रहेका प्रकाण्डलाई भोजपुर लगियो, थुनछेक बहस हुँदै

२० भाद्र २०७५, बुधबार १०:४२

भदौ २०, भोजपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको छ ।

प्रकाण्डमाथि विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । प्रकाण्डलाई बुधबार विहान करिब साढे ११ बजे बयानका लागि जिल्ला प्रहरी कार्यालयबाट अदालतमा लगिएको हो । अहिले प्रकाण्डको बयान जारी रहेको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए । 

नुवाकोटमा रहेका प्रकाण्डलाई   सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि मंगलबार काठमाडौंबाट विराटनगरसम्म विमानबाट र त्यहाँबाट गाडीको बाटो हुँदै राति ११ बजे भोजपुर ल्याइएको हो ।

१० महिनाअघि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा भोजपुर सदरमुकामबाट गोगनेतर्फ जाने क्रममा भोजपुरको प्रदेश ‘ख’ का तत्कालिन एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार शेरधन राईलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटको गुम्बास्थित सकेट बम विष्फोट गराइएको घटनामा संलग्न भएको आरोप प्रकाण्डमाथि छ । राई हाल प्रदेश १ का मुख्यमन्त्री छन् ।

विस्फोटमा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) डिल्ली देवकोटा घाइते भएका थिए । राईसहित पार्टी कार्यकर्ता चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डरोवर जीप विष्फोटमा परेर क्षति पुगेको थियो ।

भोजपुरबाट निर्वाचित राई हाल प्रदेश १ का मुख्यमन्त्री छन् । सोही विस्फोट घटनामा घटनालाई लिएर ‘प्रकाण्ड’ सहित विप्लवका दर्जन नेता कार्यकर्ता विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्धा चलाइएको थियो । उनी सहित ‘विप्लव’ का उच्च तहका नेताहरु पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकीलगायत विरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन