२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामती कर्मचारीले नतिजामुखी काम गर्नुस्– सभामुख श्रेष्ठ

२०७५, २३ भाद्र शनिबार ०२:५५

भदौ २३, हेटौंडा । तीन नंम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले नतिजामुखी कामदिने अहिले प्रशाशन आबस्यक रहेको बताउनु भएको छ । निजामती सेवा दिवस मुल समारोह समिति तीन नंम्बर प्रदेशको आयोजनामा नतिजामुखी प्रशाशन समृद्धी र शुशाशन भन्ने मुल नाराका साथ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमका अवसरमा बोल्दै उहाँले लोकतन्त्र र प्रजातन्त्र भनेको अराजकता नभईकन काम गर्ने समय भएको बताउनुभयो । 

अहिले कर्मचारीले प्रदेशको कानुन निर्माणमा ध्यान दिनका लागि आग्रह गर्दै उहाँले भन्नुभयो– 'तीन नंम्बर प्रदेशमा एक सय ९९ वटा कानुन निर्माण गर्नुपर्ने हुन्छ । अहिलेसम्म सरकार गठन भएपछी केही कानुन मात्र निर्माण भएका छन् । अरु कानुन कहिलेसम्म निर्माण गरिसक्नुहुन्छ ?’

पाचबर्ष सम्ममा कानुन मात्र निर्माण गर्ने भए अरु काम कसरी गर्न सकिन्छ भन्ने बिषयमा सभामुख श्रेष्ठले प्रतिप्रश्न गर्नुभयो । निजामती कर्मचारीले सधै उत्साह र उमंगका साथ काम गरिनुपर्ने बताउनुभएको छ । अब अरुबाट होईन परिबर्तन आफैबाट गर्नका लागि उहाँले आग्रह गर्नुभयो । निजामती कर्मचारी स्थायी सरकार भएकाले देखिने काम गर्नका लागि उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा तीन नंम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कर्मचारीहरु कार्यालय सहयोगी देखि सचिब सम्मकाले जनतामुखी काम गर्नका लागि आग्रह गर्नुभयो । अब कर्मचारीका ट्रेड युनियनहरुले आन्दोलन गर्ने नभईकन काम गर्ने बेला आएको बताउनुभयो । अहिलेको सरकार कसैले बनाईदिएको होईनकी आफै केही गरु भनेर जनताका निम्ती काम गर्ने सरकार भएको बताउँदै उहाँले भन्नुभयो–अहिलेको सरकार भनेको झ्यालबाट आएको नभईकन मुल ढोकाबाट आएर फुल, माला घडा सहित आएकाले अब पाँच बर्ष सम्ममा नागरिकका निम्ती काम गरेर देखाउने छ ।’

कार्यक्रममा सभापति समेत रहनुभएका तीन नंम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकालले निजामती सेवालाई परिणाम मुखी बनाउनुपर्ने बताउनुभयो । आम जनताले चाहना गरेअनुसार कर्मचारीले काम गरिनुपर्ने बताउनुभयो । अब निजामती सेवा जनतामुखी, सुचना प्रबिधी मैत्री हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी असमान तामाङ, आधिकारीक ट्रेडयुनियन मकवानपुरका अध्यक्ष बिष्णुप्रसाद अर्याल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । तीन नम्बर प्रर्देश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिब रमेश शिवाकोटीले संचालन गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ तीन नंम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रदेशस्तर र जिल्ला स्तरका सुरक्षा निकायका प्रमुखहरु, बिभीन्न मन्त्रालयका सचिबहरु लगायतकाको सहभागिता रहेको थियो । 

मुख्यमन्त्री कार्यालयको प्रांगणमा औपचारिक कार्यक्रम हुनु अगाडी हेटौंडाको बुद्धचोकबाट र्याली सहित बजार क्षेत्रको परिक्रमा गरेर सभामा परिणत भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने