२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामती कर्मचारीले नतिजामुखी काम गर्नुस्– सभामुख श्रेष्ठ

२३ भाद्र २०७५, शनिबार ०२:५५

भदौ २३, हेटौंडा । तीन नंम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले नतिजामुखी कामदिने अहिले प्रशाशन आबस्यक रहेको बताउनु भएको छ । निजामती सेवा दिवस मुल समारोह समिति तीन नंम्बर प्रदेशको आयोजनामा नतिजामुखी प्रशाशन समृद्धी र शुशाशन भन्ने मुल नाराका साथ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमका अवसरमा बोल्दै उहाँले लोकतन्त्र र प्रजातन्त्र भनेको अराजकता नभईकन काम गर्ने समय भएको बताउनुभयो । 

अहिले कर्मचारीले प्रदेशको कानुन निर्माणमा ध्यान दिनका लागि आग्रह गर्दै उहाँले भन्नुभयो– 'तीन नंम्बर प्रदेशमा एक सय ९९ वटा कानुन निर्माण गर्नुपर्ने हुन्छ । अहिलेसम्म सरकार गठन भएपछी केही कानुन मात्र निर्माण भएका छन् । अरु कानुन कहिलेसम्म निर्माण गरिसक्नुहुन्छ ?’

पाचबर्ष सम्ममा कानुन मात्र निर्माण गर्ने भए अरु काम कसरी गर्न सकिन्छ भन्ने बिषयमा सभामुख श्रेष्ठले प्रतिप्रश्न गर्नुभयो । निजामती कर्मचारीले सधै उत्साह र उमंगका साथ काम गरिनुपर्ने बताउनुभएको छ । अब अरुबाट होईन परिबर्तन आफैबाट गर्नका लागि उहाँले आग्रह गर्नुभयो । निजामती कर्मचारी स्थायी सरकार भएकाले देखिने काम गर्नका लागि उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा तीन नंम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कर्मचारीहरु कार्यालय सहयोगी देखि सचिब सम्मकाले जनतामुखी काम गर्नका लागि आग्रह गर्नुभयो । अब कर्मचारीका ट्रेड युनियनहरुले आन्दोलन गर्ने नभईकन काम गर्ने बेला आएको बताउनुभयो । अहिलेको सरकार कसैले बनाईदिएको होईनकी आफै केही गरु भनेर जनताका निम्ती काम गर्ने सरकार भएको बताउँदै उहाँले भन्नुभयो–अहिलेको सरकार भनेको झ्यालबाट आएको नभईकन मुल ढोकाबाट आएर फुल, माला घडा सहित आएकाले अब पाँच बर्ष सम्ममा नागरिकका निम्ती काम गरेर देखाउने छ ।’

कार्यक्रममा सभापति समेत रहनुभएका तीन नंम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकालले निजामती सेवालाई परिणाम मुखी बनाउनुपर्ने बताउनुभयो । आम जनताले चाहना गरेअनुसार कर्मचारीले काम गरिनुपर्ने बताउनुभयो । अब निजामती सेवा जनतामुखी, सुचना प्रबिधी मैत्री हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी असमान तामाङ, आधिकारीक ट्रेडयुनियन मकवानपुरका अध्यक्ष बिष्णुप्रसाद अर्याल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । तीन नम्बर प्रर्देश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिब रमेश शिवाकोटीले संचालन गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ तीन नंम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रदेशस्तर र जिल्ला स्तरका सुरक्षा निकायका प्रमुखहरु, बिभीन्न मन्त्रालयका सचिबहरु लगायतकाको सहभागिता रहेको थियो । 

मुख्यमन्त्री कार्यालयको प्रांगणमा औपचारिक कार्यक्रम हुनु अगाडी हेटौंडाको बुद्धचोकबाट र्याली सहित बजार क्षेत्रको परिक्रमा गरेर सभामा परिणत भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य