१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्र मन्त्रीद्धारा नेपाली सेनाको प्रशंसा

२५ भाद्र २०७५, सोमबार १२:३७

प्रेम सुनार | भदौ २५, बुटवल । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर निर्माणमा नेपाली सेनालाई पछिल्लो पटक दिईएको जिम्मेवारी चार महिना मै सम्पन्न गर्न सफल भएकोमा उनले पटक पटक नेपाली सेनाको उच्च प्रशंसा गरेका छन । सोमवार कालीगण्डकी करिडोर सडक योजना रिडी रुद्रवेणी खण्डको सार्वजनिक यातायात शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै  सेनाको प्रशंसा गरेका हु्न ।  नेपाली  सेना सडक निर्माण कार्यदल अर्वेनी अस्थाई क्यम्पले पछिल्लो पटक १० मिटर सडक चौडा पार्ने काम चार महिना मै सम्पन्न गरी सक्नु चानचुने क्ुरा होईन , मन्त्री ज्ञवालीले भने यस कार्य सम्पन्न गर्ने  नेपाली सेनाका कर्णेल रेश्मीराज भट्टराई सहित सिङ्गो नेपाली सेना प्रशंसाको पात्र हो , धन्यवाद नदिई रहन सकिन्न ।


‘चिन र भारतजस्ता छिमेकी मुलुक जोड्ने ३ सय ५० किलो मिटर सडक नेपालको आर्थिक विकासको मेरुदण्ड हो,  उनले भने ‘यो सडकसगँ धार्मिक र सास्कृतिक महत्व समेत जोडिएको छ ।’

लुम्बिनी, मुक्तिनाथ र मानसरोवर जस्ता धार्मिक तथा सास्कृतिक महत्व भएका स्थलहरुलाई समेत करिडोरले जोडेको छ ।

२ ठुला शक्तिशाली अर्थनीती भएका छिमेकी मुलुक जोड्ने सवैभन्दा छोटो सडक भएकाले यो महत्वपूर्ण भएको उनको भनाई थियो । उनले थपे–‘ त्यसकारण पनि कालीगण्डकी करिडोरलाई नेपालीहरुको भाग्य रेखा हो  । कालिगण्डगी करिडोर लगायत अन्य महत्पूर्ण राष्ट्रिय गौरवका आयोजनाहरुको वारेमा भारतीय तथा चिनियाँ समकक्षीहरुसगँ कुरा भइरहेको उनले बताए ।

मन्त्री ज्ञवालीले भने, ‘यस्ता योजनाहरुमा उहाँहरुको सहयोग मिल्छ ।’ सडक विकासको प्रमुख आधार भएकाले विकासलाई उत्पादनसगँ लैजानु पर्नेमा उनको जोड थियो । कालीगण्डकी करिडोर सम्पन्न भएपछि यहाँ ठुला–ठुला कन्टेनरहरु सामान लिएर आउने भन्दै उनले सामान लिएर आउने ती कन्टेनरहरुलाई रित्तै पठाउन नहुने बताए । ‘एक ब्यक्तिले उत्पादन गरेर मात्र हुदैन समुह सहकारी मार्फत सामुयिक उत्पादनमा लाग्नुस आम्दानी समेत राम्रो हुन्छ । ’ उनले भने ।

नेपाली सेनाले रिडी–रुद्रवेणी खण्डलाई चार महिनामा १० मिटर चौडा पारेको छ । गुल्मीको प्रवेशद्धार रिडीदेखी आठ किलोमिटर रुद्रावेणीसम्म उसले बाटो चौडा पारेको हो ।

तिन दिन सम्म हिडेर आएको स्मरण

मन्त्री ज्ञवाली संगै उद्घाटन गर्न आएका नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) संसदिय दलका प्रमु्ख सचेतक तथा राष्ट्रिय सभाका सदस्य पुर्व शिक्षा मन्त्री दिनानाथ शर्माले आफु आफ्नो गाउँ बाग्लुङ्गको वलेवासबाट गुल्मीको ठु्लोलुम्पेक हुँदै रिडी सम्म हिडेर तिन दिनमा रिडी आई प्ुगेको स्मरण गरे । उनले भने त्यो पनि एक पटक हो र १४ पटक सम्म आवज जावत गरेको स्मरणले  कालिगण्डकी कोरिडोर निर्माणको अवधारणा ल्याईएको हो । मन्त्री ज्यु अहि हुनुहु्न्छ , शान्ति प्रकृया देखि उहाँ र हामीले कालिगण्डकी कोरिडोरको सपना देखेका थियो । ज्ुन सपना यहाँ सम्म पुरा भयो अवको पाँच बर्ष भित्रमा चिनको सिमा सम्म पिच समेत भई सक्ने छ । उनले नेपाली सेनालाई भने तपाईहरु्र पैसाको चिन्ता नलिनुस , पैसा जति चाहिन्छ उति आउने छ ।

कार्यक्रममा वोल्दै ५ नम्बर प्रदेशका मन्त्री लिला गिरी, अर्का सदस्य सुर्य पाठक, ५ नम्बर प्रदेश विशेषधिकार समिती सभापति कमलराज श्रेष्ठले पनि नेपाली सेनाले छोटो समयमै गरेको उक्त कामको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन