२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्र मन्त्रीद्धारा नेपाली सेनाको प्रशंसा

२०७५, २५ भाद्र सोमबार १२:३७

प्रेम सुनार | भदौ २५, बुटवल । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर निर्माणमा नेपाली सेनालाई पछिल्लो पटक दिईएको जिम्मेवारी चार महिना मै सम्पन्न गर्न सफल भएकोमा उनले पटक पटक नेपाली सेनाको उच्च प्रशंसा गरेका छन । सोमवार कालीगण्डकी करिडोर सडक योजना रिडी रुद्रवेणी खण्डको सार्वजनिक यातायात शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै  सेनाको प्रशंसा गरेका हु्न ।  नेपाली  सेना सडक निर्माण कार्यदल अर्वेनी अस्थाई क्यम्पले पछिल्लो पटक १० मिटर सडक चौडा पार्ने काम चार महिना मै सम्पन्न गरी सक्नु चानचुने क्ुरा होईन , मन्त्री ज्ञवालीले भने यस कार्य सम्पन्न गर्ने  नेपाली सेनाका कर्णेल रेश्मीराज भट्टराई सहित सिङ्गो नेपाली सेना प्रशंसाको पात्र हो , धन्यवाद नदिई रहन सकिन्न ।


‘चिन र भारतजस्ता छिमेकी मुलुक जोड्ने ३ सय ५० किलो मिटर सडक नेपालको आर्थिक विकासको मेरुदण्ड हो,  उनले भने ‘यो सडकसगँ धार्मिक र सास्कृतिक महत्व समेत जोडिएको छ ।’

लुम्बिनी, मुक्तिनाथ र मानसरोवर जस्ता धार्मिक तथा सास्कृतिक महत्व भएका स्थलहरुलाई समेत करिडोरले जोडेको छ ।

२ ठुला शक्तिशाली अर्थनीती भएका छिमेकी मुलुक जोड्ने सवैभन्दा छोटो सडक भएकाले यो महत्वपूर्ण भएको उनको भनाई थियो । उनले थपे–‘ त्यसकारण पनि कालीगण्डकी करिडोरलाई नेपालीहरुको भाग्य रेखा हो  । कालिगण्डगी करिडोर लगायत अन्य महत्पूर्ण राष्ट्रिय गौरवका आयोजनाहरुको वारेमा भारतीय तथा चिनियाँ समकक्षीहरुसगँ कुरा भइरहेको उनले बताए ।

मन्त्री ज्ञवालीले भने, ‘यस्ता योजनाहरुमा उहाँहरुको सहयोग मिल्छ ।’ सडक विकासको प्रमुख आधार भएकाले विकासलाई उत्पादनसगँ लैजानु पर्नेमा उनको जोड थियो । कालीगण्डकी करिडोर सम्पन्न भएपछि यहाँ ठुला–ठुला कन्टेनरहरु सामान लिएर आउने भन्दै उनले सामान लिएर आउने ती कन्टेनरहरुलाई रित्तै पठाउन नहुने बताए । ‘एक ब्यक्तिले उत्पादन गरेर मात्र हुदैन समुह सहकारी मार्फत सामुयिक उत्पादनमा लाग्नुस आम्दानी समेत राम्रो हुन्छ । ’ उनले भने ।

नेपाली सेनाले रिडी–रुद्रवेणी खण्डलाई चार महिनामा १० मिटर चौडा पारेको छ । गुल्मीको प्रवेशद्धार रिडीदेखी आठ किलोमिटर रुद्रावेणीसम्म उसले बाटो चौडा पारेको हो ।

तिन दिन सम्म हिडेर आएको स्मरण

मन्त्री ज्ञवाली संगै उद्घाटन गर्न आएका नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) संसदिय दलका प्रमु्ख सचेतक तथा राष्ट्रिय सभाका सदस्य पुर्व शिक्षा मन्त्री दिनानाथ शर्माले आफु आफ्नो गाउँ बाग्लुङ्गको वलेवासबाट गुल्मीको ठु्लोलुम्पेक हुँदै रिडी सम्म हिडेर तिन दिनमा रिडी आई प्ुगेको स्मरण गरे । उनले भने त्यो पनि एक पटक हो र १४ पटक सम्म आवज जावत गरेको स्मरणले  कालिगण्डकी कोरिडोर निर्माणको अवधारणा ल्याईएको हो । मन्त्री ज्यु अहि हुनुहु्न्छ , शान्ति प्रकृया देखि उहाँ र हामीले कालिगण्डकी कोरिडोरको सपना देखेका थियो । ज्ुन सपना यहाँ सम्म पुरा भयो अवको पाँच बर्ष भित्रमा चिनको सिमा सम्म पिच समेत भई सक्ने छ । उनले नेपाली सेनालाई भने तपाईहरु्र पैसाको चिन्ता नलिनुस , पैसा जति चाहिन्छ उति आउने छ ।

कार्यक्रममा वोल्दै ५ नम्बर प्रदेशका मन्त्री लिला गिरी, अर्का सदस्य सुर्य पाठक, ५ नम्बर प्रदेश विशेषधिकार समिती सभापति कमलराज श्रेष्ठले पनि नेपाली सेनाले छोटो समयमै गरेको उक्त कामको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा