१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उमेर हद हटाउन नेविसंघको प्रस्ताव

२६ भाद्र २०७५, मंगलवार ०६:४७

भदौ २६, काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले १२औँ महाधिवेशनबाट लगाउने भनिएको ३२ वर्षे उमेर हद हटाउन नेपाली कांग्रेसलाई प्रस्ताव गर्ने भएको छ ।

नेविसङ्घको भर्खरै सम्पन्न बैठकले प्रस्तावित विधान र नियमावलीमा ३२ वर्षे उमेरहद हटाउन लागि निर्णय गरेर पार्टीमा बुझाउने निर्णय गरेको उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीसहितको ६ सदस्यीय समितिले केन्द्रीय समितिमा उठेका विषयलाई समेटेर सबैसँग आवश्यक समन्वय गरी सङ्घको संशोधित विधान र नियमावली यही भदौ २७ गते पार्टीलाई बुझाउने भएको छ ।

नेविसङ्घले पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि अगामी असोज ६ गते देशभरका माध्यमिक विद्यालय र क्याम्पस अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्रीय अधिवेशन तथा आगामी असोज २१ गते ७७ वटै जिल्लाको अधिवेशन गर्ने समय तालिका बनाएको छ । यस्तै असोज २३ गते उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातवटै प्रदेशको अधिवेशन र कात्तिक १६ गते केन्द्रीय महाधिवेशन गर्ने समय तालिका सार्वजनिक गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए। नेविसङ्घका अध्यक्ष नैनसिंह महरले तोकिएकै समयभित्र अधिवेशन सम्पन्न गर्नका लागि आफू लागिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन