२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री ज्ञवाली र बिष्टलाई चन्द्र भण्डारीको चुनौती

२०७५, २६ भाद्र मंगलवार १०:४०

प्रेम सुनार | भदौ–२६, गुल्मी । नेपाल प्रेस युनियनको ७ औं जिल्ला अधिवेशनलाई सम्वोधन  गर्न गुल्मी पुगेका कांग्रेस नेता चन्द्र भण्डारी संघिय सरकारका दुई जना मन्त्री विरुद्ध कडा रुपमा ओईरिएका छन । उनले आफु चार बर्ष सम्म सांसद रहँदा जतिको विकास रकम आगमी पाँच बर्ष भित्रमा हालका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पारेर देखाउन चुनौती दिएका हुन ।

विपक्ष दल नेकपाका कार्यकर्ताहरु तर्फ लक्षित गर्दै उनले भने–‘भन्नुस तपाईहरुका मन्त्रीहरुलाई , मैले सांसद छँदा  पारेको रकम उहाँहरुले  आगमी पाँच बर्ष भित्रमा परेर देखाउनुस , त्यति गर्न सके उहाँहरुलाई मैले नै आजिवन सांसद घोषणा गर्ने छु र उहाँहरुलाई फुलमाला लिएर रिडी सम्म स्वागत सत्कार गर्न जानेछु ।’


उनले थपे–‘ कहिले मदन भण्डारी  लोक मार्ग भनेका छन, कहिले रेसुङ्गा विमान स्थल भनेर हल्ला गरेका छन , कहिले रेसुङ्गा बहुमुखी क्याम्पस आंगिक बनाऔं भनेर प्रचार गरेका छन ।  आखिरमा केहि गरेकै छैनन  ।  एउटै सडक ४० पटक सम्म उद्घाटन गर्न पुगेका छन । लाजै मर्नु यसै जिल्लाका दुई दुई  जना मन्त्री भएर एक पैसा पार्न सकेका छैनन । ’

उनले अहिले नै रेसुङ्गा क्याम्पस आंगिक नबनाऔं भनेर उनै मन्त्रीहरुलाई भन्दा पनि नमानेको खुलासा गरे । मन्त्री बिष्टका स्वकिय सचिव गणेश श्रीपालीलाई  फोन नै गरेर भनेको उनले स्पष्ट पारे ।  सरकारले आंगिक बनाउने पैसा नदिएर क्याम्पस अलपत्र पर्ने उनको भनाई छ ।

उनले जिल्लामा आफुले पारेका पुलका योजनाहरु, खानेपानी, मोटरबाटो योजना लगायतका विकास निर्माण आफ्नो फेशबुकमा गएर हेर्न पत्रकारहरुलाई  पनि  चुनौती दिदै भने–‘ ति कुराहरु किन लेख्न हुन्न ? खाली हल्लाको पछि मात्रै लाग्ने ?’

नेता भण्डारीले  अबको पाँच बर्र्ष सम्म  सरकारको नेतृत्व केपी ओलीले नै गर्नु पर्ने कांग्रेसको अडान रहेको बताए ।  स्थायित्व र समृद्धिकको कुरा गर्ने , फेरी सरकार फेर्ने चर्चा गर्ने ? त्यसरी हुन्छ स्थायित्व र समृद्धि ? त्यसका लागि सरकार ओलीले नै पाँच बर्ष सम्म चलाउनु पर्छ’–उनले भने ।

उनले कम्युनिष्ट सरकारलाई बाँदरको संज्ञा समेत दिए । भाषणको पुरै समय कम्युनिष्ट र उनिहरुको सरकारलाई गाली गलौजमा खर्चिएका  नेता भण्डारीले देशमा बढि रहेको हत्या हिंसा, महँङ्गी र कर बृद्धि विरुद्ध पत्रकारहरुले कलम चलाउन आग्रह गरे । ’

सो पार्टीका गुल्मी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले  भाषणको पुरै समय पत्रकारहरुलाई गाली गलौज गर्न मै खर्चिएका थिए । स्थानिय तहले छुट्टाएको बिलो खान पल्केर पत्रकारहरुले उनिहरुले गरेको अनियमित्ता र भ्रष्चारको कुरा नलेखेको आरोप समेत लगाए ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रि सदस्य प्रेम सुनार, प्रेस चौतारी जिल्ला अध्यक्ष शिवलाल सुवेदी ,  पत्रकार महासंघबाट अध्यक्ष नवराज भुसाल, प्रेस युनियनका सल्लाहका श्रीप्रसाद भलामी, पुर्व अध्यक्ष महेन्द्र भण्डारी,  प्रेस युनियनका केन्द्रिय निर्वाचन प्रतिनिधी माधव अर्याल, नेपाली कांग्रेसका उपसभापति विष्णु बलाल,  सचिव खिलध्वज पन्थीले पनि शुभकामना मन्त्व्य राखेका थिए ।

निर्वतमान अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा यहिले बन्द सत्र चलिरहेको र साँझ सम्म नेतृत्व चयन गर्ने प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने