२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तेस्रो चरणको आन्दोलनको घोषणाः नगरपालिकाद्धारा वार्ताको लागि आह्वान

२०७५, २९ भाद्र शुक्रबार ०४:१९

राम नारायण पंडित | भदौ २९, सिरहा | सर्वपक्षिय संयुक्त संघर्ष समितिले मिर्चैया नगरपालिका विरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । 

नगरपालिकाले आफुहरुको माँगलाई अटेर गरेको भन्दै समितिले भदौ ३० गतेदेखि असोज ९ गतेसम्म १० दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नगरपालिकाले बृद्धि गरेको राजस्व, मालपोत कर, एकिकृत सम्पति कर, घर बहाल कर लगायतका दस्तुर फिर्ताको माँग गर्दै दुई चरणको आन्दोलन गरेपनी नगरपालिकाले माँग सम्बोधन गर्न बेवास्ता गरेकोले तेस्रो चरणको आन्दोलनको घोषणा गर्न बाध्य भएको समितिको भनाई रहेको छ । 

विहिबार बसेको समितिको बैठकले भदौ ३० गते माँग सम्बोधन गर्न ४८ घण्टे अल्मिेटम दिने, ३१ गते माँगको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्बय समितिका अध्यक्ष र जिल्ला प्रहरी प्रमुखहरुलाई जानकारी गराइने  लगायतका आन्दोलनका कार्यक्रम तय गरेका छन् । असोज १ गते विश्वकर्मा पुजा परेकोले आन्दोलनको कार्यक्रम एक दिनको लागि स्थगित गरिएको छ । त्यसैगरी असोज २ गते धुर्मी बजारमा सम्बोधन, ३ गते सर्बपक्षिय संयुक्त समितिको बैठक बस्ने, ४ गते बाख्रा बजारमा सम्बोधन, ५ गते मनहर्बा बजारमा सम्बोधन, ६ गते मिर्चैया बजारमा सम्बोधन, ७ गते सिक्रौन बजारमा सम्बोधन, ८ गते मिर्चैयामा मशाल जुलुस र ९ गते बजार बन्द गरी मिर्चैया नगरपालिकाको कार्यालय घेराउको कार्यक्रम घोषणा गरेका छन् । 

\


नगरपालिकाद्धारा वार्ताका लागि आहवान

मिर्चैया नगरपालिकाले पुनः सार्वजनिक सुचना जारी गरी आन्दोलनरत पक्षलाई बार्तामा बस्न आहवान गरेका छन् । नगरपालिकाले विहिबार सुचना जारी गरी असोज १ गते बार्तामा बस्न आन्दोलनरत पक्षलाई आहबान गरेको नगरपालिकाले जारी गरिएको सुचनामा उल्लेख रहेको छ । नगरपालिकाको चिठीलाई साकारात्मक रुपमा लिएको बार्ता समितिका संयोजक अशोक कुमार साहले बताए । नगरपालिकाले निर्धारण गरेको समयमा आफुहरु बार्तामा बस्ने संयोजक साहले प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ