१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तेस्रो चरणको आन्दोलनको घोषणाः नगरपालिकाद्धारा वार्ताको लागि आह्वान

२९ भाद्र २०७५, शुक्रबार ०४:१९

राम नारायण पंडित | भदौ २९, सिरहा | सर्वपक्षिय संयुक्त संघर्ष समितिले मिर्चैया नगरपालिका विरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । 

नगरपालिकाले आफुहरुको माँगलाई अटेर गरेको भन्दै समितिले भदौ ३० गतेदेखि असोज ९ गतेसम्म १० दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नगरपालिकाले बृद्धि गरेको राजस्व, मालपोत कर, एकिकृत सम्पति कर, घर बहाल कर लगायतका दस्तुर फिर्ताको माँग गर्दै दुई चरणको आन्दोलन गरेपनी नगरपालिकाले माँग सम्बोधन गर्न बेवास्ता गरेकोले तेस्रो चरणको आन्दोलनको घोषणा गर्न बाध्य भएको समितिको भनाई रहेको छ । 

विहिबार बसेको समितिको बैठकले भदौ ३० गते माँग सम्बोधन गर्न ४८ घण्टे अल्मिेटम दिने, ३१ गते माँगको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्बय समितिका अध्यक्ष र जिल्ला प्रहरी प्रमुखहरुलाई जानकारी गराइने  लगायतका आन्दोलनका कार्यक्रम तय गरेका छन् । असोज १ गते विश्वकर्मा पुजा परेकोले आन्दोलनको कार्यक्रम एक दिनको लागि स्थगित गरिएको छ । त्यसैगरी असोज २ गते धुर्मी बजारमा सम्बोधन, ३ गते सर्बपक्षिय संयुक्त समितिको बैठक बस्ने, ४ गते बाख्रा बजारमा सम्बोधन, ५ गते मनहर्बा बजारमा सम्बोधन, ६ गते मिर्चैया बजारमा सम्बोधन, ७ गते सिक्रौन बजारमा सम्बोधन, ८ गते मिर्चैयामा मशाल जुलुस र ९ गते बजार बन्द गरी मिर्चैया नगरपालिकाको कार्यालय घेराउको कार्यक्रम घोषणा गरेका छन् । 

\


नगरपालिकाद्धारा वार्ताका लागि आहवान

मिर्चैया नगरपालिकाले पुनः सार्वजनिक सुचना जारी गरी आन्दोलनरत पक्षलाई बार्तामा बस्न आहवान गरेका छन् । नगरपालिकाले विहिबार सुचना जारी गरी असोज १ गते बार्तामा बस्न आन्दोलनरत पक्षलाई आहबान गरेको नगरपालिकाले जारी गरिएको सुचनामा उल्लेख रहेको छ । नगरपालिकाको चिठीलाई साकारात्मक रुपमा लिएको बार्ता समितिका संयोजक अशोक कुमार साहले बताए । नगरपालिकाले निर्धारण गरेको समयमा आफुहरु बार्तामा बस्ने संयोजक साहले प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन