२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव नेतृत्वको नेकपावाट प्रभात चलाउने सहित पाँच जना निस्कासित, यस्तो छ आरोप

२०७५, २९ भाद्र शुक्रबार ०८:३८

भदौ २९, काठमाडौँ | विप्लव नेतृत्वको नेकपावाट प्रभात चलाउने, जन्मदेव जैसी, कमल बुढासहित पाँच जना निस्कासित भएका छन् । निस्कासित गरिएकाहरुलाई अराजकता र  सूचना चुहाएको आरोप लगाइएको छ । 

निस्कासित भएकाहरुमा क्रान्तिकारी पत्रकार संगठन, नेपालका चार केन्द्रीय सदस्य छन् भने निवर्तमान अध्यक्ष प्रभात चलाउने समेत कारवाहीमा परेका छन । क्रान्तिकारी पत्रकार संगठन नेपाल कम्युनिस्ट पार्टीनिकट संगठन हो । नेपाल कम्युनिस्ट पार्टीको मध्य केन्द्रीय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ले भदौ २८ गते बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर कारवाहीबारे जानकारी दिएका छन् । 

संगठनभित्रै रहेका जिम्मेवार व्यक्तिहरुबाटै संगठन नेतृत्वबारे अनर्गल प्रचार, ‘समानान्तर संगठन’ निर्माण तथा पार्टीले पत्रकार संगठन नेतृत्वबारे लिएको निर्णय उल्लंघन गर्दै संगठनका जिम्मेवार व्यक्तिहरुमाथि नै हातपात गर्नुक साथै संगठनबारे गलत र भ्रामक हल्ला चलाइरहेको परिस्थितिमाभ्m कारवाहीको विज्ञप्ति आएको हो । कमाण्ड ईन्चार्जद्वारा जारी उक्त विज्ञप्तिमा आम जनसमुदाय र संचारमाध्यमलाई सम्बोधन गर्दै पार्टी र संगठनको यथार्थ अवस्थाबारे प्रष्ट पारिएको छ । 

विज्ञप्तिमा संगठनका केन्द्रीय सदस्य जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल, सुदिप बर्देवा र निवर्तमान अध्यक्ष प्रभात चलाउनेलाई संगठनसम्बन्धी निर्णयविरुद्ध अराजकता मच्चाउने, पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार वितरण गर्ने र संगठनका जिम्मेवार साथीहरुमाथि हातपात गर्ने जस्ता अमर्यादित र गलत हर्कत गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन कारवाही गरिएको जनाएका छन् ।

कारवाही गर्नुको अर्को गम्भीर कारण पनि उल्लेख गरिएको छ । पार्टीको आन्तरिक सूचना चुहाएर गम्भीर गल्ती गरेको जनाइएको छ । साथै आइन्दा पार्टीले कारवाही गरेका व्यक्तिहरुले चलाउने अनर्गल र भ्रामक समाचारको भ्रममा नपर्न समेत जनसमूदाय र आमसंचारमाध्यमलाई जानकारी गराइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा