२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लामो राजनीतिक सङ्क्रमणपछि आर्थिक समृद्धिको बाटोमा नेपाल’ – प्रधानमन्त्री

२०७५, २९ भाद्र शुक्रबार १२:४१

भदौ २९, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याइने बताउनुभएको छ । 

कारोवार आर्थिक दैनिकले आयोजना गरेको आर्थिक सम्मेलन –२०१८ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो राजनीतिक सङ्क्रमणपछि आर्थिक विकासको समृद्धिको बाटोमा नेपाल अघि बढेको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “लामो राजनीतिक सङ्क्रमणकाल पार गर्दै संविधानसभाबाट संविधान जारी गरेपछि हामी आर्थिक विकास र समृद्धिको नयाँ यात्रामा अघि बढेका छौँ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी समय खेर फाल्ने अवस्थामा छैनौ । समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याउन चाहन्छौं ।” 

प्रधानमन्त्री ओलीले नेपालका अधिकांश जनता कृषिमा आश्रित भएकोले सरकार यो क्षेत्रको आधुनिकीकरण गर्न कृषि उद्योगलाई प्रोत्साहन गर्न सकारात्मक भएको जनाउँदै “नेपालको कृषि र पर्यटन नेपालीलाई समृद्ध बनाउने मुख्य आधार हुनसक्छ” भन्नुभयो । 

उहाँले नेपालमा निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह पनि गर्नुभयो । 

प्रधानमन्त्री ओलीले विगतमा विभिन्न कारणले बन्द भएका उद्योग पुनःसञ्चालनमा ल्याउने तथा नयाँ उद्योगको स्थापना सरकारको विशेष प्राथमिकतामा रहेको जानकारी दिनुभयो । 

बन्द भएका उद्योगको सञ्चालन पछि थप रोजगारीको अवसर सिर्जना हुने र नयाँ उद्योग स्थापनापछि आर्थिक विकास तथा समृद्धिका लागिसमेत योगदान दिने भएकाले सरकार सोही वातावरण बनाउन लागिपरेको स्पष्ट पार्नुभयो । 

औद्योगिक क्षेत्रमा विनाहिचकिचाहट लगानीका लागि लगानीकर्तालाई आह्वान गर्दै उहाँले लगानीका लागि एकद्वार प्रणालीको विकास गरिने धारणा राख्नुभयो । थप लगानीका लागिरहेको कानूनी र व्यावहारिक जटिलतालाई क्रमशः हल गरिने भन्दै उहाँले लगानीको सुरक्षा गर्दै लगानीकर्तालाई उपयुक्त अवसर प्रदान गरिने बताउनुभयो । 

भारत र चीन दुवै देशसँग मिलेर नेपालले आर्थिक विकास र समृद्धिको चाहना पूरा गर्न खोजेकोे स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले रक्सौल काठमाडौँ रेलमार्ग निर्माणबारे एक खालको सहमति भएको र थप प्रक्रियासमेत अगाडि बढ्ने स्पष्ट पार्नुभयो । 

कार्यक्रममा पूर्वअर्थमन्त्री डा रामशरण महतले स्थानीय र प्रदेश तहमा थुप्रै संरचना बने पनि संस्थागत क्षमता नहुनु सरकारका लागि ठूलो चुनौती भएको बताउनुभयो । 

सात सय ५३ तहको स्थानीय सरकार र सात प्रदेश सञ्चालनका लागि ठूलो आर्थिक स्रोत चाहिने भन्दै त्यसलाई दिगो बनाउन लाग्नुपर्ने सुझाव दिनुभयो । 

सो कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, उद्योगी व्यवसायी, विभिन्न राजनीतिक दलका नेता, भारतीय जनता पार्टीका नेता, प्रवासी नेपाली लगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा