१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका मुख्यमन्त्री चीन जाँदै

२९ भाद्र २०७५, शुक्रबार १७:४१

भदौ २९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पहिलो विदेश भ्रमणका क्रममा चीन जाने भएका छन् । आगामी असोज ३ गते मुख्यमन्त्री शाहीसँगै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र प्रदेशसभा सदस्य धर्मराज रेग्मी चीन जान लागेका हुन् ।

प्रदेश सरकार गठन भएपछि मुख्यमन्त्री तथा मन्त्रीको यो पहिलो विदेश भ्रमण हुनेछ । ‘चीनको सिँचुवान प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्री, मन्त्री र म जान लागेका हौं,’ सांसद रेग्मीले भने, ‘कर्णालीसँग चीनको सिमाना जोडिएका कारण विकास निर्माणमा कसरी अघि बढन सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।’ विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनका यो भ्रमण तय भएको उनको भनाइ छ ।


‘चीन सरकारले अघि सारेको वान बेल्ट वान रोड परियोजना नेपालसँग जोडिने र त्यो जोड्दा कर्णाली भएरै जोड्ने कुरा आएकोले प्रदेश सरकारको त्यहाँ भौतिक पूर्वाधार विकासमा चीनको लगानी बारेमा पनि छलफल हुनेछ,’ उनले भने, ‘भ्रमणको मुख्य उद्देश्य नै पूर्वाधार विकासका लागि चीन सरकारको सहयोग ल्याउने हो ।’ सांसद रेग्मीले भ्रमण सेप्टेम्बरको १९ देखि २४ तारेखसम्म हुने बताए । उक्त भ्रमणमा केन्द्रीय नेतृत्व पनि जाने उनको भनाइ छ । यद्यपि यसअघि प्रदेश २ का मुख्यमन्त्री अमेरिका भ्रमणमा जान खोज्दा संघीय सरकारले रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन