१५ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल वैज्ञानिक समाजवादतिर नै लाग्नुपर्छ : नेता मानन्धर

२९ पुष २०७५, आईतवार ०६:५७

 श्याम रिमाल | पुस २९, काठमाडौँ | वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरले यस्तो नेपाल कम्युनिष्ट पार्टीलाई संसदीय र शान्तिपूर्ण रुपबाट बहुमत प्राप्त सरकार भएको यस स्थितिबाट समाजवादतिर हिँडेमा संसारमा नै नमूना देखाउन सकिने बताउनुभएको छ । 

राणाविरोधी आन्दोलनका मुक्तियोद्धा (नेपालगञ्ज–धनगढी) मानन्धरले आफ्नो निवास मैतीदेवीमा रासससँगको अन्तर्वार्तामा मुलुकलाई समाजवादमा लैजान जनताको शिक्षा, स्वास्थ र आवासमा राज्य क्षेत्रले भूमिका खेल्नुपर्नेमा जोड दिँदै सरकारले आफूलाई प्राप्त अवसरको भरपूर उपयोग गर्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “मैले त वैज्ञानिक समाजवाद भनेको छु, समाजवाद मात्र भनेर हुन्न । उत्पादनका साधनमा सामाजिक अधिकार हुनुपर्छ, त्यसमा व्यक्तिगत अधिकार हुनुहुन्न । उत्पादनको साधनमा स्वामित्व र वितरण कुन आधारमा हुन्छ, त्यसै आधारमा वैज्ञानिक समाजवाद हो होइन भन्ने थाहा हुन्छ, खालि समाजवाद मात्र भनेर हुन्न । अहिले समाजवाद लोकप्रिय भएकाले समाजवाद नभन्दा दलहरुलाई पनि टिक्न गाह्रो छ ।” 

एकातिर समाजवाद ल्याउने भन्ने कुरा नेताहरुले गरेको तर मूल हतियार पार्टी सङ्गठन महीनौँ बित्दा पनि माथिल्ला तह केन्द्रीय समिति र सचिवालयबाहेक तल एकीकरण र सक्रिय नभएकामा चिन्ता व्यक्त गर्दै उहाँले पार्टी निष्क्रिय भई जनतामा कायक्रम लान नसकिएको तर भाषण मात्र भएकाले जनतामा असन्तोष पैदा गरेको उहाँले बताउनुभयो । 

नेकपाको साङ्गठनिक प्रस्ताव र विधान ल्याइए पनि ठोस राजनीतिक प्रस्ताव ल्याउन नसकिएकामा असन्तोष व्यक्त गर्दै उहाँले नेकपा सैद्धान्तिकता र वैचारिकता विषयमा बडो दोधारमा रही विचलन हुने स्थिति देखापरेकाले यसमा नेकपा बडो चनाखो हुनुपरेको औँल्याउनुभयो । 

मजदूरहरुलाई सामाजिक सुरक्षाको कुरा भए पनि यसको कार्यान्वयन हेर्नुपर्छ र समाजवादमा जाने चरित्र हेर्नुपर्छ भन्दै उहाँले समाजवादलाई बल दिनुपर्नेमा नातावाद र आफ्नो मान्छे भर्ना गर्ने पञ्चायती रोग बढेको, फजूल खर्च एवं गाडी र तेलमा खर्च बढेको छ भन्दै उहाँले व्यक्ति र मिडियाको आलोचनाप्रति सहिष्णु हुन सरकारलाई सुझाव दिनुभयो । प्राडा गोविन्द केसीसँगको समझदारी पालना गर्न पनि उहाँले माग गर्नुभयो । 

राष्ट्र र सरकार प्रमुखको सुरक्षाका नाममा सवारी साधनको ताँती लगाई सडक जाम गर्दा जनतालाई पर्ने मर्का नहेरिएकामा असन्तोष व्यक्त गर्दै उहाँले गाउँ र नगरपालिकाका अध्यक्ष र सदस्यले आफ्ना तलब भत्ताप्रति मात्र चिन्ता गरेको तर समग्रमा जनतालाई सेवा पु¥याउने ठोस काम नगरेको भनी ठोकुवा गर्नुभयो । 

“नेकपाले माक्र्सवाद–लेनिनवाद (माले), मजदूर र वर्गको कुरा गरे पनि व्यावहारिक रुपमा काङ्ग्रेस र वर्तमान सरकारको फरकपना भन्नै गाह्रो छ । नेकपाको नेतृत्व र सरकारले सही दिशा समातेर व्यवहार र चरित्रबाट आफूलाई काङ्ग्रेसको सिद्धान्त र व्यवहारबाट फरक बनाउन सक्नुपर्छ, जनताले त्यस्तो अवस्था अनुभूत गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । 

मालेको मार्गदर्शक सिद्धान्तअनुकूल इमान्दारीपूर्वक काममा सुधार ल्याउनुपर्नेमा जोड दिँदै पुराना राजनीतिज्ञ मानन्धरले नेताको रहनसहन जनतासँग मिल्दोजुल्दो हुनुपर्ने बताउनुभयो । “नेताहरु विलासी जीवनबाट अलग भैदिऊन् । मेरो हार्दिक अभिलाषा छ नेताहरु सही दिशामा गइदिऊन्”, सादगी नेता मानन्धरले भन्नुभयो । 

माले शब्दले मात्र होइन त्यसप्रति निष्ठा राख्दै जनतासँग जोडिन तथा सत्तासँग समझदारी गरी आफ्नो स्वार्थ पूरा गर्ने तप्काबाट एवं आसेपासे, पूँजीवादी र व्यापारी जोगिन सल्लाह दिँदै उहाँले त्यस्ता समूहबाट सञ्चाालित नभई तिनसँग सचेत रहेर माक्र्सवाद–लेनिनवादप्रति निष्ठा राखी जनताको जीवनमा सक्दो परिवर्तन आजै गरेर अगाडि बढ्न सरकार र राजनीतिक नेतृत्वलाई सुझाव दिनुभयो । 

उनानब्बे वर्षीय नेताको आग्रह छ, पुराना राजनीतिक व्यक्तित्वहरुले सरकारलाई वैचारिक र साङ्गठनिक सहयोग गर्न सक्छन् तर उमेरका कारण साङ्गठनिक रुपले संलग्न नभए पनि, दौडधूप गर्न नसके पनि आफूलाई लागेको कुरा भन्नुपर्छ, चुप लाग्नुहुँदैन, समयमै बोल्नुपर्छ, सही र गलत कुराबारे बोलेर भूमिका खेल्नुपर्छ । 

सरकारको परराष्ट्र नीति छिमेकीसँगको प्राथमिकता हुनु स्वाभाविक भए पनि त्यसैमा मात्र अल्झेर नबसी संसारभरि आफ्नो मित्रता बढाउन सल्लाह दिँदै उहाँले पार्टी विशेषको नभई समग्र मुलुकको परराष्ट्रनीति हुुुनुपर्ने र यसमा मूलधारका पार्टीबीच समान समझदारी विकास भएमा सरकार बदलिए पनि धोका खाने सम्भावना नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालमा प्राकृतिक स्रोतसाधन छन् । दुवै छिमेकी नयाँ शक्तिका रुपमा उदाउँछैन् । यसैले हाम्रो भविष्य पनि उज्यालो हुन सक्नुपर्छ । यसका लागि जनतामा आलोचनात्मक चेतना तथा नेतृत्वमा निष्ठा र इमान्दारी हुनुपर्छ । नेपालको प्राकृतिक र भौगोलिक उपयोग गर्न सकेमा नेपालको भविष्य उज्यालो छ ।” 

विसं २०४६ र २०६२-६३ को आन्दोलनमा संयुक्त वाममोर्चा र संवामो नेपालमा पार्टीगत सहभागिता जनाउनुभएका नेता मानन्धर विसं २०६३ असोज ७ गतेदेखि तत्कालीन नेकपा (संयुक्त माक्र्सवादी) को महासचिवबाट राजीनामा दिई सक्रिय राजनीतिबाट अलग हुनुभएको छ । 

हाल केही अस्वस्थ हुनु भए पनि उहाँ पुत्र युवा नेता सुनिल मानन्धर र बुहारी राधा भट्टराईका साथ रही आफ्ना राजनीतिक संस्मरण लेख्न तल्लीन हुनुहुन्छ । रौतहट, गौरमा जन्मनुभएका उहाँको करीब एक दशकअघि राजनीतिक दस्तावेज, लेखरचना र अन्तर्वार्ताहरुको सङ्ग्रह प्रकाशन भइसकेको छ | रासस | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशलाई, नेपाल फेरि उपविजेतामा सीमित यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’ कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक छ : प्रचण्ड फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक प्रधानमन्त्री ओली र ‘प्रकाण्ड’बीच भेटवार्ता सरकारी अस्पतालमा विद्युत महशुल छुट दिलाउन मन्त्री पौडेलको सक्रियता धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै सामान्य प्रशासन मन्त्रालय नेपाल-भारत सीमामा पर्खाल लगाएर भिसा प्रणाली लागू गर्नुपर्छ : वामदेव अस्पतालको शय्याबाट टेलिभिजनमै साफ हेर्दैछन् मैदानमा हुनुपर्ने दीपा र हीरा बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित जो बाइडेनले डोनाल्ड ट्रम्पका समर्थकलाई ‘फोहोर’ भनेपछि कडा आलोचना स्यालको आक्रमणबाट १३ जना घाइते, २ जनालाई काठमाडौँ ल्याईयो पटका पड्काउने क्रममा ६ वर्षीय बालक घाइते साफ च्याम्पियनसिप फाईनल: प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने गरिमा विकास बैंकको घोषणा आजको खेलमा साम्बालाई अर्को इतिहास बनाउने मौका प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, बिआरआईमा हस्ताक्षर गर्ने राजेन्द्र महतोको दाबी- रविको मुद्दा बार्गेनिङमा टुंग्याउन खोजिँदैछ