२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित

२०७६, १७ बैशाख मंगलवार ०६:४३

बैशाख १६ । सङ्घीय समाजवादी फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित हुनुभएको छ । फोरम प्रदेश नं २ को कार्यसमितिका लागि भएको मतदानमा फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रेणु यादवलाई ३७ मतान्तरले पराजित गर्दै फोरमको केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका यादव निर्वाचित हुनुभएको हो ।

 गए राति सम्पन्न मतगणना परिणामअनुसार विजय यादवले १८४ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी रेणु यादवले १४७ मत प्राप्त गर्नुभयो । प्रदेश समितिको निर्वाचनमा ४०५ मतदाता थिए ।

फोरमको नयाँ विधानअनुसार प्रदेशको ५१ सदस्यीय समितिमध्ये ४१ का लागि निर्वाचन भएको थियो । निर्वाचन समितिका अनुसार २०० ले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष र सदस्यको निर्वाचन भएपछि नयाँ समितिले तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्षसहित १० पदाधिकारी मनोनित गरिने व्यवस्था छ । 

अवैध कपडासहित एक पक्राउ

प्रहरीले सिरहाको मिर्चैया नगरक्षेत्रबाट रु डेढ लाख मूल्य बराबरको अवैध कपडासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका–४ स्थित बताहाखोला नजीकैबाट ‘लेडिजसुट’ र साडीलगायतका तीन बोरा अवैध कपडासहित सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी २६ वर्षीय कमलेश महतोलाई पक्राउ गरेको हो ।

भारतबाट स४प १२१ नंको मोटरसाइकलमा अवैधरूपले कपडा ल्याइरहेको अवस्थामा कपडासहित महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरलेले जानकारी दिनुभयो । बरामद सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रवक्ता खरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी