2026-07-09 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्धि र विकास अबको आवश्यकता : प्रधानमन्त्री ओली

जेठ १८ पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकास अबको आवश्यकता भएको बताउनुभएको छ । नेपाल स्काउटको आज यहाँ शुरु भएको स्काउट युवा सम्मेलन(रोभर मुट)को उद्घाटन गर्दै उहाँले राजनीतिक अधिकारको आन्दोलन सम्पन्न भएकाले अबको यात्रा समृद्धि र विकासका लागि भएको बताउनुभयो ।

देशको समग्र उन्नयनका लागि सङ्कृणताबाटमाथि उठ्नु अपरिहार्य भएको बताउँदै उहाँले राष्ट्र निर्माणका लागि कर्तव्यनिष्ठ र जिम्मेवार युवाको आवश्यकता रहेको उल्लेख गर्नुभयो । युवाहरूको दक्षता, क्षमता अभिवृद्धिका साथै उनीहरूलाई कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने अभियान नै स्काउट रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले यो राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय रुपमा चलेको अभियान भएको बताउनुभयो ।

गौरवशाली पूर्खाको इतिहास र योगदानलाई अघि बढाएर तिनीहरूको संरक्षण गर्दै नयाँ निर्माणमा लाग्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । सभ्यता र संस्कृति जोगाउँदै समृद्धि तर्फ देश अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ । देशलाई अस्थिर बनाउन एकतालाई भाड्ने शक्ति सक्रिय रहेको उल्लेख गर्दै उहाँले जातीय, क्षेत्रीय सङ्कुचनबाट सकारात्मक सोचका साथ माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।

स्काउटले युवामा सकारात्मक सोचका साथै उनीहरूका क्षमता, दक्षता अभिवृद्धि गराउन महत्वपूर्ण योगदान गर्दै आएको चर्चा गर्दै उहाँले राष्ट्र निर्माणमा अनुशासित र जिम्मेवार युवाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । युवा तथा खेलकूदमन्त्री एवं प्रथम स्काउट जगतबहादुर विश्वकर्माले युवालाई सकारात्मक मार्गमा अघि बढाउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले ज्ञान, खेललगायतका अनेक क्षेत्रमा युवालाई सक्रिय गराउँदै स्काउटले उनीहरूलाई अनुशासित, कतव्यनिष्ठ बनाउन विशेष योगदान गरेको स्मरण गर्नुभयो । युवा वर्गबाट देशले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले युवामा राष्ट्रिय भावनाको विकास गराउँदै राष्ट्र निर्माण अभियानमा सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरूको यो सम्मेलनले युवाबीच अनुभव आदानप्रदानका साथै सिर्जनात्मकताको विकासमा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । सम्मेलनमा १६ देखि २५ वर्ष उमेरका युवा स्काउटको सहभागिता छ । नेपालसहित १४ देशका लगभग पाँच हजार स्काउट युवा सहभागी छन् ।

स्काउटका माध्यमबाट विभिन्न जाति, भाषा, धर्म, संस्कृति र भूगोलका युवायुवती एउटा नारा र उद्देश्यसाथ एकै स्थानमा सहभागी रहेको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताउनुभयो । सम्मेलनबाट उनीहरूबीच सांस्कृतिक आदानप्रदान, भ्रातृत्व र भगिनित्व विकासमा योगदान पुग्ने विश्वास लिइएको छ । उक्त अवसरमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । (

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो