2026-07-09 12:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान

2019-06-07


जेठ २४ , ललितपुर (रासस )नेपाली काङ्ग्रेसका सभापति  शेरबहादुर देउवाले  काङ्ग्रेसका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गर्नुभएको छ ।   काङ्ग्रेस ललितपुरले आज आयोजना गरेको एकमहिने राष्ट्रिय जागरण अभियानको आज समापन गर्दै सभापति देउवाले काङ्ग्रेसका कार्यकर्ता एक भएर अघि बढेमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । “काङ्ग्रेसले मिडिया स्वतन्त्रता, मानवअधिकारलगायत विषयमा जोड दिने छ”, सभापति देउवाले भन्नुभयो, “देशभर नै अरु पार्टीबाट काङ्ग्रेस प्रवेश गर्नेको सङ्ख्या बढेसँगै अर्को निर्वाचनमा नेपाली काङ्गेसले सफलताका साथ विजय हासिल गर्ने देखिएको छ ।” 

काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज पाण्डेले मुलुकलाई समृद्ध बनाउन सरकारमा काङ्ग्रेसको अभाव खड्किएको जनताले गुनासो गरिरहेको जिकिर गर्नुभयो ।  काङ्ग्रेस जिल्ला सभापति मदनबहादुर अमात्यले महँगी, अनियमितता र भष्टाचार नियन्त्रणमा काङ्ग्रेस सदैव लागिपर्ने बताउनुभयो ।  काङ्ग्रेस तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले वर्तमान सरकारले प्रेस स्वतन्त्रता हनन गरेको आरोप लगाउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो