Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिपक्षीय सन्धी पुनरावलोकनको प्रस्ताव बेलायतले स्वीकारेन : प्रम ओली

२०७६, १ असार आईतवार ०८:४३

काठमाडौं | असार १, सन् १९४७ मा  गोरखा सैनिकहरुका सम्बन्धमा नेपाल, भारत र बेलायतवीच भएको  त्रिपक्षीय सन्धीको पुनरावलोकन गर्ने नेपालको प्रस्तावलाई बेलायतले अस्वीकार गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पारेका छन् । बेलायतले यो प्रस्ताव सजिलोसित स्वीकार नगरेको कारण यो  प्रस्त्ताब संयुक्त वक्तव्यमा नसमेटिएको प्रधानमन्त्री ओलीले भनेका छन्  ।

बेलायत भ्रमणका बेला प्रधानमन्त्री ओलीले त्रिपक्षीय सन्धीको पुनरावलोकन हुनुपर्नेमा नेपालको चाहना रहेको बेलायती प्रधानमन्त्री टेरेसा मेसँगको भेटमा बताएका थिए । त्रिपक्षीय सन्धी पुनरावलोकनको कुरा उठाउनु ऐतिहासिक उपलब्धि भएको प्रधानमन्त्री ओलीले भनेका थिए | तर, यो विषयमा बेलायती प्रधानमन्त्रीको वक्तव्यमा कुनै चर्चा नभएपछि प्रश्न उठेको थियो ।यही कुरालाई प्रष्ट पार्ने क्रममा आइतबार बिहान प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग भने," हाम्रो सोच योहो भन्यौ ,तर त्यो सयुक्त बक्तब्यमा परेन " 

 विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सन् १९४७ को त्रिपक्षीय सम्झौता त्यो धेरै पुरानो भयो । त्यसले आजका हाम्रा आवश्यकतालाई निर्देशित गर्न, नियन्त्रित गर्न सक्ने अवस्था छैन । त्यसकारण यसलाई त्रिपक्षीय नै राख्नुपर्ने आवश्यकता छैन, हामी दुई पक्षीय सहमतिहरुमा जान सक्छौं ।’

‘सन् १९४७ को त्रिपक्षीय सन्धी भारतबाट ब्रिटिस गोर्खा भनिएका हाम्रा दाजुभाइहरुको रेजिमेन्ट मारिएका बेलाको कुरा हो, प्रधानमन्त्रीले अगाडि भने,‘अहिले हामीले उठाएको त्रिपक्षीय सम्झौताको पुनरावलोकन गर्नुपर्छ ।’

त्रिपक्षीय सम्झौताको पुनरावलोकन हुनुपर्छ भन्नै नहुने वा लुकाउनुपर्ने विषय नभएको प्रधानमन्त्री ओलीले भने | ‘समग्र पुनरावलोकनको पक्षमा हामी छौं, कसरी अगाडि बढ्ने भन्ने कुरामा छौं,’‘यो कुनै भन्नै नहुने वा लुकाइएको कुरा होइन । कुनै आवेश, उत्तेजनाको विषय होइन ।’प्रधानमन्त्रीले भने |

के हो त्रिपक्षीय सन्धी ?

नेपालमा पदम समशेर राणा प्रधानमन्त्री रहेका बेला सन् १९४७ नेाभेम्बर ९ तारेखका दिन नेपालका भर्तीवालहरुको सेवा शर्तका सम्बन्धमा बेलायत, भारत र नेपालबीच  त्रिपक्षीय सम्झौता भएको थियो । तर, बेलायत र भारतले नेपाललाई थाहै नदिइकन त्यसको दुई दिनअघि नै नोभेम्बर ७ मा गोर्खा पल्टनबारे द्वीपक्षीय सम्झौता भएको थियो ।

नेपालीहरुको भाग्य र भबिष्यबारे नेपाल सरकारलाई थाहै नदिई भारत र बेलायतले गरेको द्वीपक्षीय सम्झौता नेपाली सार्वभौमितामाथिकै खिलाफमा रहेको कूटनीतिज्ञहरु बताउँछन् । र, त्यसको दुई दिनपछि गरिएको त्रिपक्षीय सम्झौता पनि नेपालको हितमा नरहेको भन्दै पूर्व गोर्खा सैनिकहरुले समेत यसको खारेजीको माग गर्दै आइरहेका छन् ।

प्रथम विश्वयुद्धताका सन् १८१५ मा बेलायतले पहिलो गोर्खाली रेजिमेन्ट (रमोर बटालियन) बनाएको थियो । सन् १९४७ मा भारत स्वतन्त्र हुने बेलासम्म आइपुग्दा ब्रिटिश -भारत सेनामा गोर्खा पल्टनका ११ वटा रेजिमेन्टहरु बने । भारत स्वतन्त्र भएसँगै ती ११ वटा रेजिमेन्टहरु भारत र बेलायतले द्वीपक्षीय सम्झौता गरेर एकापसमा अंशबण्डा गरे । अंशवण्डाका क्रममा बि्रटेनतर्फको सेवामा जान नमानेका गोर्खाहरुलाई लिएर ११ औं गोर्खा राइफल्स गठन गरियो, जुन पल्टन भारतसँगै रह्यो । यो सन्धी अनुसार बेलायतले ४ वटा रेजिमेन्टमात्रै आफ्नो सेनामा लग्यो ।

त्यसर्थ, यो सन्धीले गरेको सैन्य कटौतीमा परेर करिब २ लाख ३० हजार गोर्खाली सेनाहरुको भविश्य बर्बाद पारेको गुनासो गोर्खा सैनिकहरुले गर्दै आएका छन् । साथै यही सन्धीका आधारमा इण्डियन‘पे कोड’लागू भएकाले गोर्खाली सेनाले बेलालयती सेनासरह तलब र सुविधा नपाइएको भन्दै पूर्वगोर्खा सैनिकहरुले लामो समयदेखि बेलायत सरकारविरुद्ध संघर्ष गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ