Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई भेटेर गोपाल किरातीले भने -‘माओवादी आन्दोलनमा फर्कनुस्’

२०७६, १३ असार शुक्रबार ०२:५९

असार १३, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराती र डबल नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको समाचार छ । दुई अध्यक्षबीचको वार्तामा किरातीले ‘प्रचण्डलाई माओवादी आन्दोलनमा फर्कन आग्रह गर्दै विप्लव नेकपा विरुद्धको प्रतिबन्ध तत्काल खारेज गरी वार्ताद्वारा राजनीतिक समाधानको गंभीर कदम उठाउन’ आग्रह गरेका छन् । ‘गणतन्त्र नेपाललाई अर्को अफगानिस्तान बनाउने इण्डो प्यासिफिक रणनीतिलाई खारेज गरी टिष्टा–काँगडा फिर्ता आन्दोलनमा सहयोग गर्न’ समेत नेकपा (माओवादी केन्द्र)को तर्फबाट किरातीले प्रचण्डसंग आग्रह गरे । 

किरातीले उठाएका तीनवटै विषयको आग्रहलाई प्रचण्डले ‘सकरात्मक र महत्वपूर्ण’ बताएको बुझिएको छ । वार्ताका क्रममा प्रचण्डले ‘नेपाली कम्युनिष्ट आन्दोलनमा प्रचण्ड स्कुलिङ र मदन भण्डारी स्कुलिङ बाहेक अरु स्कुलिङ नरहेको’ बताउदा प्रतिवाद गर्दै गोपाल किरातीले ‘सर्वहारा जीवनशैलीमा आधारित नयाँ स्कुलिङ नेकपा (माओवादी केन्द्र) ले शुरु गरेको’ अभिव्यक्ति दिएका छन् । 

भेटवार्तामा सहभागी भएका पार्टीका केन्द्रीय सचिव राजन तिमल्सिनाले ‘जसरी हुन्छ, जबजलाई सेबोटेज गर्न’ प्रचण्डसंग आग्रह गरे । 

दुई अध्यक्षबीच माओवादी आन्दोलनका उपलब्धीहरुको संस्थागत विकासमा सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता भएको बुझिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ