Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले जानीबुझी असारमै श्रम सम्मेलन गरेको हो : श्रममन्त्री विष्ट

२०७६, १६ असार सोमबार १७:१६

असार १६ काठमाडौँ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ बाट प्राप्त सुझावलाई सरकारले गम्भीरताका साथ लिने बताएका छन् । २ दिनसम्म चलेको सम्मेलनको समापन गर्दै श्रममन्त्री विष्टले अझ थप सानो विज्ञ टिमका साथ छलफल गरि त्यसको सारलाई जीवनको सम्वृद्धि र गुणस्तर सुधारमा खर्च गरिने बताए ।


सम्मेलनका क्रममा प्राप्त सुझावलाई अझ परिपक्व बनाउने गरी काम गर्नेछौं श्रममन्त्री विष्टले भने  'यो सम्मेलन बौद्धिक विलासका लागि गरेका होइनौँ, प्राप्त सुझावलाई मनन् गर्नेछौँ, सानो समूहमा सरोकारवाला र विज्ञसहित थप छलफल चलाएर थप प्रक्रियामा अगाडी बढ्नेछौं ।'   रोजगारी सरकारको प्राथमिकतामा परेको जानकारी दिँदै उनले दीगो र भरपर्दो रोजगारी उपलब्ध गराउन ध्यान केन्द्रित गर्ने बताए । 

अल्पकालीन रोजगारी प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै मन्त्री विष्टले बेरोजगार युवालाई सामाजिक न्याय प्रदान गर्न रोजगार कार्यक्रम महत्वपूर्ण भएको उल्लेख गरे । सरकार एक्लैले बेरोजगारी समस्या समाधान हल गर्न नसक्ने उल्लेख गर्दै सहकारी, निजी क्षेत्र, ट्रेड युनियनसँग मिलेर विश्वव्यापी सम्भवानालाई नेपालको सन्दर्भमा उपायोग गर्ने विषयमा छलफल गरिने उनले बताए । उनले  विश्वव्यापी रुपमा आउने प्रभावको प्रक्षेपण गर्दै त्यसको सामाना गर्न आवश्यक पर्ने कार्यक्रम तयार गरिने बताए ।

'लोकतन्त्र भोट हाल्ने र चुनाव जित्ने मात्र होइन, यसले आधारभूत जनताका जीवन परिवर्तन गर्नमा राज्यको नीति कार्यक्रम केन्द्रित हुनुपर्छ', उनले भने 'प्रधानमन्त्री रोजगार कार्यक्रम गरिब, एक पेट खान नपाएका, खरको छानो नभएका दीन दुःखीको कार्यक्रम हो ।' सम्मेलनमा सहभागी केहि वक्ताले बजेट सक्नकै लागि मन्त्रालयले असारमा कार्यक्रम गरेको टिप्पणी गरेपछि मन्त्री  विष्टले त्यसको जवाफ दिंदै भने 'सरकारले जानी बुझी असारमै गोष्ठी गर्ने निर्णय गरेको हो, विगत १ वर्ष नीति निर्माण गर्न मै समय लाग्यो, यस सम्मेलनले दिएका सुझावलाई ग्रहण गर्दै आगामी आर्थिक वर्षबाट समयमै कार्य गर्नमा मद्धत पुग्नेछ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ