2026-07-09 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लब समुहका जिल्ला इञ्चार्जसहित नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

असार २६, काठमाडौँ । नेत्र विक्रम चन्द समूहका मेची–कोशी ब्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्जसहित केही नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । 

पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई आज आफ्नै निवास खुमलटारमा स्वागत गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकताअनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडल दिने नेतृत्वको सपना भएको बताउनुभयो । 

उहाँले बाँकी रहेका सबै कम्युनिष्ट पार्टी र समूह एकजुट भई यो महान् उद्देश्य पूरा गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीको झण्डामुनि रहेका साथीलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ अनि मात्रै सामाजिक रुपान्तरण, विकास र समृद्धितिर देशलाई लैजान सकिन्छ । हामी विभाजित हुँदा प्रतिक्रियावादीले फाइदा उठाउने हो । हामी एकजुट हुँदा नै हामी बलियो हुने हो ।”

जो जहाँ ब्युँझियो त्यहीँबाट उठेर हिँड्ने हो, सबै ब्युँझाउँछु भन्न थाल्दा सम्भव नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीले विशाल पार्टीको आधार तयार गरेका छौँ, यहाँ सबै अट्छन् ।” अध्यक्ष दाहालले  कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका वरिष्ठ नेतालाई पनि नेकपामा आउन आह्वान गर्दै उहाँहरुको योगदानको कदर नेकपामा हुने बताउनुभयो । 

पार्टी प्रवेश कार्यक्रममा नेता तथा कार्यकर्ताको नेतृत्व गरी आउनुभएको मेचीकोशी ब्यूरो सदस्य तथा झापा ब्यूरो इञ्चार्ज सौगात आचार्यले आफूहरुले हतियार नै उठाएर मात्र समाजवाद आउँछ भन्ने आफूहरुलाई नलागेको बताउनुभयो । उहाँले जुन व्यवस्था ल्याए पनि फेरि युद्ध गर्ने र मानिस मर्ने नभए हुन्थ्यो भन्ने जनताले आफूहरुलाई दिएको सुझावका कारण आफूहरु शान्तिपूर्ण राजनीतिमा आएको बताउनुभयो । 

कार्यक्रममा सगरमाथा ब्यूरो सदस्य एवम् सङ्खुवासभा सेक्रेटरी छिरिङ शेर्पा, पाँचथर जिल्ला सचिवालय सदस्य वीरेन्द्र मगराती, झापा जिल्ला सदस्य नारदमणि साम्पाङ, सोलुखुम्बु जिल्ला सदस्य नवराज ढकाल, धनकुटा जिल्ला सदस्य एडी राई, सोलुखुम्बुका जिल्ला सेक्रेटरी वीरता खड्का, सङ्खुवासभा जिल्ला सदस्य प्रतिमान राई, कोशी व्यूरो सदस्य नवराज राई, चन्द समूहका युवा सङ्गठन सङ्खुवासभाका जिल्ला सदस्यहरु भरत चापागार्इं र हरि चापागाईं नेकपामा प्रवेश गर्नुभएको छ । नवप्रवेशीलाई अध्यक्ष दाहालले उचित जिम्मेवारी दिइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो