२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को आकस्मिक बैठक

२०७६, ३० असार सोमबार ०९:५०

असार ३०, सुर्खेत | कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को आज आकस्मिक बैठक बसेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक बसेको हो । 

बैठकले असार महीनामा कर्णाली प्रदेशमा भएका विपद्का घटनाको समीक्षा गरेको छ । विशेषगरी मुड्केचुला–१ डोल्पामा बाढीमा परी बेपत्ता भएका नौ जनाको उद्धार कार्यलाई तीव्र बनाउने र मृतकका परिवारलाई राहत दिने निर्णय गरेको छ ।

परिषद् बैठकमा मुख्यमन्त्री शाहीले रु ४० हजारबाट बढाएर प्रतिमृतक परिवारलाई रु एक लाख किरिया खर्च दिने र घर नै नभएकाको क्षति यकिन गरी प्रदेश सरकारले घर निर्माणमा सहयोग गर्ने बताउनुभयो । यस प्रदेशका १० जिल्लामा घट्ने विपद्सम्बन्धी घटनाको शीघ्र जानकारी दिन विभागीय मन्त्रालय र सबै सुरक्षा निकायलाई उहाँले निर्देशन दिनुभएको छ । 

“अहिले प्रदेश अनुकूल विपद्सम्बन्धीको कानून निर्माण हुन सकेको छैन”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “विद्यमान सङ्घीय कानूनमा टेकेर सुरक्षा बल, कर्मचारी, सामाजिक सङ्घसंस्था र स्थानीयको समन्वय तथा सहकार्यमा विपद् प्रतिकार्य, उद्धार तथा राहतको काममा साउन महीनाभरि लागौँ ।”उहाँले नेपाली सेनाको उत्तरपश्चिम पृतना मुख्यालय, प्रदेश सशस्त्र तथा जनपथ प्रहरीअन्तर्गत १० जिल्लामा रहेका सबै प्रहरी युनिट परिचालन गर्न निर्देशन दिनुभएको छ ।

सङ्घीय सरकारले नदिए भाडामा हेलिकप्टर लिन्छौँ 

मुख्यमन्त्री शाहीले सङ्घीय विपद् परिषद्ले कर्णाली प्रदेशमा आइपर्ने विपद्मा उद्धार तथा राहत दिने निर्णय गरे पनि त्यसको कार्यान्वयन नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कर्णालीको विकट भूगोल भएकाले विपद्को समयमा राजधानी सुर्खेतमा सरकारको हेलिकप्टर तयारी अवस्थामा राख्ने भन्ने थियो तर हेलिकप्टर नै छैन । हेलिकप्टरका निम्ति सङ्घीय सरकारसँग अनुरोध गर्छौं र भएन भने साउन महीनाका लागि भाडामा लिएर काम कारवाही अगाडि बढाउँछौँ ।”

परिषद् बैठकबाटै मुख्यमन्त्री शाहीले सुर्खेत–दैलेख, कालीकोट–जुम्ला, छिन्चु–जाजरकोट, कपुरकोट–रुकुमपश्चिम जोड्ने सडकमा आउने कुनै पनि अवरोध हटाउन डोजर तयारीका लागि भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्री, चिकित्सक र औषधि तयारीका लागि सामाजिक विकासमन्त्री दल रावल, बोटिङका लागि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र सुरक्षा एवं हेलिकप्टर तयारीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई निर्देशन दिनुभएको छ ।

त्यसैगरी परिषद् बैठकमा नेपाली सेना, प्रहरी, रेडक्रस, च्याम्बर अफ कमर्स, अपाङ्ग महासङ्घ नेपालसँग भएको मौजुदा सामग्री प्रयोग गर्ने र आवश्यक सामग्री खरीद गर्ने, विपद्मा आवश्यक हुने खाद्यान्नका लागि नेपाल खाद्य संस्थानसँग प्रदेश सरकारले एक सय क्विन्टल चामल किन्नेसमेत निर्णय गरिएको छ ।

यता आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारीले विपत्ति बाजा बजाएर नआउने भएकाले शीघ्ररूपमा यसको पूर्वतयारीको कार्ययोजना निर्माण गरेर अघि बढ्ने बताउनुभयो । विपद् प्रतिकार्यका लागि आगामी वर्षमा नमूना अभ्यास, गोदाम घर निर्माण र सेटेलाइट सम्पर्कलाई मजबुत बनाउने बताउनुभएका कानूनमन्त्री भण्डारीले चालू आवमा सुर्खेतमा २०७१ सालका बाढीपीडितले ८० प्रतिशत पहिलो किस्ताबापत प्राप्त गरेको जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !