१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवाले आँट गरे नेपाल समृद्ध बन्छ : अध्यक्ष दाहाल

११ श्रावण २०७६, शनिबार १५:३५

साउन ११, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने बताउनुभएको छ ।

लियो क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “युवाले लक्ष्य ठूलो राखेर हिँड्यो  भने हामीले लक्ष्य हासिल गर्न सक्छौँ । आफ्नो अगाडिको ठूलो लक्ष्य र त्यसको प्राप्तिका लागि साधना, निष्ठा र निरन्तरको प्रयासले नै नयाँ ठाउँमा हामीलाई पु¥याउन  सक्छ ।”

उहाँले युवाले सङ्कल्प मात्र गरे यी सबै कुरा पूरा हुने बताउनुभयो । “दशदेखि बीस वर्षभित्र नेपाल संसारकै सबैभन्दा सभ्य र सुसभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्छ”, उहाँले भन्नुभयो, “नेपालको इतिहास र भूमि उर्भरभूमि हो ।

नेपाल विचार निर्माण र सिर्जनाको दृष्टिकोणले धेरै अगाडि जान सक्दछ । नेपाल संसारको अग्लो टाकुरा भएको देश हो जहाँबाट बोलेको संसारभर सुनिन्छ ।”

अध्यक्ष दाहाललले समाज विविध विचार, व्यक्तित्व र रचनाको समिश्रणबाट बनेको बताउनुहुँदै युवालाई आफूभित्र समाज, राष्ट्र र मानवजातिका निम्ति नयाँ सङ्कल्प र नयाँ आकाङ्क्षा प्रतिबद्धताको रुपमा विकास गर्न आग्रह पनि गर्नुभयो ।

 उहाँले भन्नुभयो, “तपाईंका अगाडि सिङ्गै जीवन छ । उहाँले युवाहरुलाई आफूहरुले विगतमा गरेजस्तो सङ्कल्प गरे देशमा ठुल्ठूला चमत्कार नै हुनसक्छ ।” उहाँले युवालाई सिक्ने कार्यमा निपूर्ण बन्न आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलगायतले देशको विकासका लागि युवाशक्ति नै केन्द्रित हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट