2026-07-09 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदको प्रश्न, प्रधानमन्त्रीज्यू, ‘हामी नै बाँचेनौं भने तपाईंको रेल र पानीजहाज कसले चढ्ला ?’

साउन २२, काठमाडौँ । प्रतिनिधिसभाकोबुधबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद मोहन बानियाँले जनप्रतिनिधिले सदनमा उठाएका आवाजको सम्बन्धित निकायबाट सुनुवाई नभएको भन्दै त्यसतर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराए । 

उनले विशेष र सुन्य समयमा उठेका आवाजको सम्बन्धित निकायबाट जिम्मेवारीपुर्वक सुनुवाई हुनुपर्ने भन्दै सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन आग्रह पनि गरे । सांसद रंगमती शाहीले जनताहरु विषादीयुक्त तरकारी तथा फलफुल खान बाध्य भईरहेको भन्दै जनताको स्वास्थयप्रति संवेदनशील हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।  

‘विषादीयुक्त तरकारी खाएपछि विरामी भइन्छ भन्ने थाहा छ । प्रधानमन्त्रीज्यू, ‘तपाईं बिरामी भए हामीले उठाएको करबाट विदेशमा उपचार भइहाल्छ । हामी जनता बिरामी भए सिटामोल खान पाउँदैनौ । हामी जनता बाँचेपछि नै तपाईको रेल र पानी जहाज चढौँला । हामी नै बाँचेनौ भने तपाईको रेल र पानी जहाज कस्ले चढ्ला ? यो जनताको आवाज हो ।’ सांसद शाहीले प्रश्न गरिन् ।

अर्की सांसद बिमला नेपालीले लोकसेवा आयोगले ९ हजारभन्दा बढी पदका लागि आव्हान गरेको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिम नभएको भन्दै संसदीय समितिले आयोगलाई नीतिगत निर्देशन गर्दा पनि सुनुवाई नभएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

‘यसले जारी असन्तुष्टीलाई मलजल पुगी अर्को द्धन्द्ध निम्तने खतरा रहेको छ’ भन्दै उनले सरकार समानुपातिक र समावेशीको विरोधी हो भनी प्रश्न गरिन् । बृजेश कुमार गुप्ताले बाली लगाउने समयमा किसानले मलखाद नपाएको भन्दै भविष्यमा खेतीको समयमा मल अभाव हुन नदिन पूर्व तयारी गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

भैरव बहादुर सिंहले बझाङ जिल्लाको थलरा गाउपालिकामा एक महिलाको बलात्कारपछि हत्या गर्ने प्रयास भएको भन्दै अपराधी पहिचान गरि कडा कारवाही गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । महेश बस्नेतले सुर्य विनायकदेखि धुलिखेलसम्मको सडकखण्ड ६ लेनको बनाउने र कोटेश्वरमा सुरुङमार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन्  |

कोटेश्वर –बनेपा –सिन्धुली नेपालकै मुख्य दोश्रो नाका भएको र दैनिक २० हजार सवारी साधन सञ्चालन हुँदै आएको भन्दै उनले कोटेश्वरमा सुरुङ मार्ग बनाउने भन्दै डिपिआरको प्रक्रिया अघि बढाएको भएपनि ढिलासुस्ती भइरहेकोप्रति मन्त्रीको ध्यानाकर्षण गराए । 

सांसद यज्ञराज सुनुवारले ओखलढुंगाका अधिकांश स्थान सुख्खाग्रस्त भई स्थानीय आक्रान्त बनेको भन्दै स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए । त्यसैगरी सांसदहरु राजेन्द्र कुमार राई, रानी मण्डल लगायतले बाढीपहिरो र डुबान प्रभावितका लागि राहत र पुनस्थापनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो