जेठ १२, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनले बुधबार काठमाडौंको बालाजु–बाइपासमा विरोधसभा गरेको छ । काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएको संघीय गठबन्धनले आज बाईपाससम्मको बिरोध प्रदर्शन गरेको हो ।
बिरोधमा उत्रिएका नेताहरुले सरकारले अहिलेको समस्या समाधानका लागी कुनै पनि कदम नचालेको भन्दै गठबन्धनको नाममा पत्र पठाए वार्तामा बस्ने बताएका थिए ।
बालाजुचोकबाट सुरु भएको विरोधजुलुस बाइपास पुगेर विरोधसभामा परिणत भएको थियो ।