जेठ ११, रौतहट । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ११, रौतहट । "/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालोझन्डा देखाउने सद्भावनाका जिल्ला अध्यक्षसहित ७ पक्राउ

२०७३, १२ जेष्ठ बुधबार ०६:५४

जेठ ११, रौतहट । हुलाकी राजमार्गको अनुगमनमा आएको व्यवस्थापिका–संसद, विकास समितिको टोलीलाई कालोझन्डा देखाइ कार्यक्रम अवरोध गरेको आरोपमा प्रहरीले मंगलबार सातजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउपर्नेमा सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेख जम्सेद, संघीय समाजवादी फोरम नेपालका जिल्ला उपाध्यक्ष धर्मेन्द्र पटेल, फोरम विद्यार्थी फ्रन्टका प्रकाश भाइ, तमलोपाका नेता अनिल सिंह, फोरमका शोभा साह, लड्डभाइ पटेल र अजय गुप्ता छन् ।

विकास समितिका सभापति रवीन्द्र अधिकारीको संयोजकत्वमा सांसद रामकुमार भट्टराई, रामअयोध्याप्रसाद यादव, रामचन्द्र पोखरेल, रञ्जना सरकार, राजेश्वरीदेवी सिंह र अजयशंकर नायकको टोली हुलाकी राजमार्गको अवस्था र अनुगमन गरी जिविसको सभाकक्षमा आयोजित कार्यक्रममा सहभागी भइरहेकाबखत मधेसकेन्द्रित दलका नेताहरुले कालोझन्डा देखाउनाकासाथै कार्यक्रम अवरोध गर्न खोजेका थिए ।

यसैबीच, कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले मुलुकको राजनीति विकासकेन्द्रित हुनु आवश्यक रहेको बताउँदै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी हुलाकी राजमार्गको काम सुरु हुने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु