Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो, वरिष्ठतामा खनाल पहिलो

२०७६, १ भाद्र आईतवार १७:२२

प्रकाश सिलवाल | भदौ १, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनका सन्दर्भमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीमा नेतृत्व चयन गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकको निर्णयअनुसार उपत्यका विशेष जिल्ला कमिटीको इञ्जार्जमा लिलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल, अध्यक्ष डा राजन भट्टराई र सचिव लेखनाथ न्यौपानेलाई तोकेको छ । 

युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा इन्चार्ज माधव ढुङ्गेल, सहइन्चार्जमा कृष्ण केसी, अध्यक्ष रमेश मल्ल, सचिव सुनिता बराल, मजदूर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल र अध्यक्ष जगत सिंखडा, सचिवमा नरनाथ लुइँटेललाई तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

यसैगरी, पेशागत विशेष जिल्ला कमिटीमा इन्चार्जमा केशवप्रसाद नेपाल, सहइन्चार्जमा प्रेमल खनाल, अध्यक्ष प्रेम पराजुली, सचिव कृष्णराज केसी, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीमा  पार्वत गुरुङ, सहइन्चार्जमा शशी श्रेष्ठ, अध्यक्षमा नाम तय हुन बाँकी, सचिव चन्द्र रिजाल, केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा, सहइन्चार्ज डीलाराम आचार्य, विजय गुरुङ र झक्कु सुवेदी, अध्यक्ष प्रल्हाद बुढाथोकी सचिव नरेन्द्र श्रेष्ठलाई तोकिएको छ । बैठकले सात वटै प्रदेश १ को सम्पर्क कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । 


जनसङ्गठनतर्फ ट्रेड युनियन महासङ्घको इञ्चार्ज जयपुरी घर्ती, सहइन्चार्ज विनोद श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घको इन्चार्जमा वामदेव गौतम, सुनील मानन्धर, र अध्यक्ष परिवर्तन गरी हरि पराजुलीलाई जिम्मेवारी दिने निर्णय भएको छ । हालसम्म महासङ्घको अध्यक्ष नेता गौतम हुनुहुन्थ्यो । गौतमले यसअघिको सचिवालय बैठकले पार्टीको उपाध्यक्षको जिम्मेवारी दिने गरी सो प्रस्ताव स्थायी कमिटीमा लाने निर्णय गरेको थियो । 

यस्तै अखिल नेपाल महिला सङ्गठनको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोका, राष्ट्रिय युवा सङ्घ नेपालको इन्चार्जमा महेश बस्नेत र सहइन्चार्जमा रामप्रसाद सापकोटा ‘दीपशिखा’, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको इन्चार्जमा हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल, नेपाल वुद्धिजीवी सङ्गठनको इन्चार्जमा अग्निप्रसाद सापकोटा र सहइन्चार्जमा टङ्क कार्की, पेशागत महासङ्घको इन्चार्जमा पम्फा भुषाल र सहइन्चार्ज विश्वनाथ प्याकुरेललाई जिम्मेवारी दिइएको छ । जनसङ्गठनका संयोजक र सहसंयोजक यसअघि तोकी सकिएको छ । इन्चार्ज तोकिएसँगै अब ती सङ्गठनको केन्द्रीय कमिटीले पूर्णता पाउनेछ । 

एकता प्रक्रियाका महत्वपूर्ण चरणहरु यसअघि पार भइसकेका छन् । अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजन, प्रभाव कमिटीको गठन, केन्द्रीय निकायको गठन, पोलिटब्यूरो आदि कार्यसूचीमा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।

वरिष्ठतामा खनाल पहिलो

बैठकले अध्यक्षद्वयको वरिष्ठतापछि वरिष्ठ नेताको पहिलोमा वरियतामा नेता झलनाथ खनाल र त्यसपछि माधवकुमार नेपालको वरियता रहने गरी निर्णय गरिएको छ । पार्टी एकताका समयमा नेता नेपाललाई मात्र वरिष्ठ नेता मानिएकामा नेता खनाल असन्तुष्ट हुँदै आउनुभएको थियो । 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७५ जेठ ३ मा एकता भएको थियो । तत्कालीन एमालेमा नेता खनाल निवर्तमान अध्यक्षका हैसियतले वरिष्ठ नेता हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ