२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता

२०७६, ६ भाद्र शुक्रबार १०:२८

 भदौ ६, काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । 

ललितपुरमा आज आयोजित प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएकामा आश्चर्य व्यक्त गर्नुभयो । 

कम्युनिष्टमा वैचारिक विचलन आएको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्लो समय सामूहिकताभन्दा पनि व्यक्तिगत निर्णयतर्फ केन्द्रित भएको महसुस भइरहेको टिप्पणी गर्नुभयो । 

“हिजो हामी निकै अनुशासित थियौँ, आत्म अनुशासनबाट मात्र हामी अहिलेको अवस्थामा आइपुगेका हौँ”, उहाँले भन्नुभयो, “आज अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो बोल्ने, सामूहिक हितलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।”

विगतमा सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारीका साथ कम्युनिष्ट पार्टी चल्दै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “आजकल त्यो उल्टिएको छ । व्यक्तिगत निर्णयको जिम्मेवारी सबैले लिनुपर्ने । यो निकै उल्टो भएको छ । यो प्रवृत्तिलाई सच्याउने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।”

कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने भए पनि सत्तामा पुगेपछि त्यसलाई बिर्सदै जाने प्रवृत्ति देखिएको भन्दै उहाँले कार्यशैली के हुने हो भन्ने बिर्सेर विस्तारैविस्तारै बुर्जुवा शैलीतर्फ जान थालेकाप्रति चिन्ता लागेको बताउनुभयो । जनता सार्वभौमसत्ता सम्पन्न हुने गरी यो अवस्थासम्म आइपुग्न वर्ग सङ्घर्षको ठूलो भूमिका रहेको उहाँको भनाइ थियो । 

सोभियत सङ्घलगायत मुलुकमा कम्युनिस्ट सत्ता ढल्नुको कारण कोट्याउँदै उहाँले बुर्जवाले कम्युनिस्टसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाइदिने गरेको उदाहरण रहेको बताउनुभयो । 

उहाँले विगतमा जनतासँग गरेको प्रतिबद्धता भुल्दै जाने हो भने गणतन्त्र, धर्मनिरपेक्षता, स¬ङ्घीयतालगायत उपलब्धि गुम्न सक्ने खतरा औँल्याउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “पूर्वी युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । कम्युनिस्ट नेताहरु नै राजा महाराजाजस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।”

  उहाँले माक्र्सवादलाई अक्षरशः पालना गर्नेभन्दा पनि मार्गदर्शन सिद्धान्तका रूपमा लिनुपर्ने बताउनुभयो । “एउटा प्रवृत्ति माक्र्सवाद, लेनिनवाद, या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई एउटा धर्मशास्त्रको रुपमा बुझ्ने र त्यसमा जे लेखेको छ अक्षरशः पालना गर्नेभन्दा पनि मार्गदर्शन बनाउनुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन