Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाको आग्रह, प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्

२०७६, १८ भाद्र बुधबार ०८:५८

भदौ १८, काठमाडौँ | बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम गर्न दिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेका छन् | 

उनले  प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे संसदमा जानकारी  नगराइएको प्रति आपति जनाएका छन् | सत्तारूढ नेकपामा प्रधानमन्त्री हुन इच्छा राख्ने र पहिला पनि प्रधानमन्त्री भइसकेका नेताहरू भएको उल्लेख गर्दै उनले बिरामी भएका प्रधानमन्त्रीलाई पार्टीले विश्राम दिनुपर्ने बताएका छन् । ‘प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्,’ उनले भने, ‘कार्यकारी प्रमुख एकैपटक लामो समय बाहिर बस्दा राष्ट्रिय सुरक्षा कूटनीतिक मर्यादा जोखिमको प्रश्न छँदैछ। भिडिओबाट मन्त्रीसँग कुरा गरेर शासकीय जिम्मेवारी पूरा हुन सक्दैन।’

प्रधानमन्त्री ओली अहिले उपचारका लागि सिंगापुरमा छन्। १२ वर्षअघि  मिर्गौला प्रत्यारोपण गरेका ओलीमा अहिले मिर्गौलासम्बन्धी एन्टिबडी बढी भएको छ | गत साउनमा उनी पहिलो पटक उपचारका लागि सिंगापुर गएका थिए। पहिला  थाइल्याण्डको बैंककमा नियमित फ्लोअप गराइरहेका प्रधानमन्त्रीले सिंगापुरमा औषधी परिवर्तन गरेका थिए।

उक्त औषधीको असरले बिरामी हुन थालेपछि उनी फेरि भदौ ५ गते  सिंगापुर गएका हुन्। प्रधानमन्त्री लामो समय विदेश भएकाले उनले भिडिओ कन्फ्ररेन्सबाट मन्त्रीहरूसँग छलफल गर्ने गरेका छन् । प्रधानमन्त्री शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ। उनलाई भेट्न नेकपा महासचिव बिष्णु पौडेल मंगलबार सिंगापुर गएका छन्। ओलीले सचिवालय सदस्य वामदेव गौतमलाई पनि सिंगापुर बोलाएका छन्। गौतम बुधबार सिंगापुर गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ