2026-07-04 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदको प्रश्न,‘डेंगु नियन्त्रणमा सरकार किन असफल ?’

2019-09-08

भदौ २२, काठमाडौं | आइतबार बसेको प्रतिनिधिसभा वैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले डेंगु रोगको प्रकोप नियन्त्रण गरेर संक्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न सरकारसँग माग गरेकी छन् । सांसद संग्रौलाले सभामुख कृष्णबहादुर महरामार्फत् सरकारसँग डेंगु रोगको प्रकोप नियन्त्रण गरेर संक्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न माग गरेकी हुन् । 

देशभरी डेंगु रोगको संक्रमणबाट जनता आक्रान्त हुँदा पनि प्रकोपको प्रभावकारी नियन्त्रणमा अग्रसर नदेखिएको भन्दै उनले सरकारको आलोचना गरिन् । “यस्तो भयाभह अवस्थामा डेंगुको संक्रमणले जनता अक्रान्त हुँदा पनि सरकार यसको प्रकोपको प्रभावकारी नियन्त्रणमा जुटेको पाइँदैन, किन ? डेंगुको संक्रमण देशैभरी फैलिरहदा सरकार भने औलो नियन्त्रणको उपाय खोज्न बैठक गर्दैछ,  किन ?,” देशभर डेंगु संक्रमितको तथ्यांङ्क प्रस्तुत गर्दै सांसद संग्रौलाले भनिन्, “आजको आवश्यकता डेंगुको नियन्त्रणका लागि बैठक हुनुपर्ने हो । त्यसैले डेंगुको प्रकोप नियन्त्रण एवं यसबाट संक्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न सभामुख मार्फत सरकारसँग जोडदार माग गर्दछु । 

उनले साउन महिना यता विभिन्न अस्पतालमा भर्ना भएका डेंगु बिरामीको संख्या झण्डै ३५ सय ८० नाघिसकेको र चार जनाको मृत्यु भइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । तराईमा देखिँदै आएको डेंगु रोगको नियन्त्रण सुरुवातबाटै नगरेका कारण पहाडी जिल्लामा समेत फैलिएको संग्रौलाको भनाइ छ |

“सुरुमा तराईमा मात्र देखिने डेंगुको संक्रमण अहिले आएर चितवन, काठमाडौं, कास्की हुँदै देशैभरी संक्रमण बढिरहेको छ । सुरुदेखि नै यसको प्रभावकारी नियन्त्रणमा सरकार लागेको भए देशैभरी यसको प्रभाव भयावह रुपमाफैलने थिएन,” उनले भनिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो