Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले गर्यो संसदमा नाराबाजी

२०७६, ३० भाद्र सोमबार १०:१०

भदौ ३०, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ | बैठकको सुरूमा बोल्दै कांग्रेस सांसद पुष्पा भुषालले केही दिनअघि बाँकेमा कांग्रेस कार्यक्रम आक्रमण गरी जिल्ला सभापति किरण कोइरालाको हात भाँच्ने तीन जनाविरूद्धको उजुरी दर्ता गरी उनीहरूलाई कारबाही हुनुपर्ने बताएकी थिइन्।

उनले बोलिसकेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद नन्दलाल रोकायले बोलेका थिए। बाँके-३ का सांसदसमेत रहेका रोकायले घटनामा नेकपाका कार्यकर्ताको संलग्नता नरहेको भन्दै अहिले उजुरी परेकाहरूलाई कारबाही भए आफूहरू पनि आन्दोलनमा जाने बताएका थिए।

रोकायको भनाइ सकिन नपाउँदै कांग्रेस सांसदहरू सिटबाट उठेका थिए। केहीबेरमा उनीहरूले रोष्ट्रम घेरेर नाराबाजी गरे। सभामुख कृष्णबहादुर महराले सांसद भुषाल र रोकायले बोलेकोबारे सरकारलाई केही भन्छु, बस्नुस् भन्दा पनि उनीहरूले नाराबाजी जारी राखेका छन्।

यसअघि कांग्रेसले आइतबारको संसद अवरूद्ध गरेको थियो। आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा बाँके घटनाबारे छलफल गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ