Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी स्वागत गरियो चिनियाँ राष्ट्रपतिलाई (११ तश्वीर हेर्नुहोस)

२०७६, २५ आश्विन शनिबार १३:३३

असोज २५, काठमाडौँ | दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ ।  त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको स्वागत गर्नुभएको थियो । 

अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उहाँको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर स्वागतका लागि प्रतीक्षारत थिए । उनीहरुले करीब दुई घण्टाको प्रतीक्षापछि सीलाई स्वागत गर्न पाएका थिए ।  सी विमानस्थलबाट सोल्टी होटेलमा जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उहाँलाई नेपाल र चीनको झण्डा हल्लाएर स्वागत गरेका थिए । 

चीनका राष्ट्रपति सी चिनफिङ शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सांस्कृतिक झाँकी अवलोकन गर्नुहुँदै । तस्वीरः नवीन पौडेल

उहाँलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचले समेत स्वागत गरिएको थियो । तीनकुने, नयाँ बानेश्वर र बबरमहल, माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र सोल्टीमोडसम्म उहाँको स्वागतका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो । 

राष्ट्रपति सीलाई स्वागतका लागि बनाइएका स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ राखिएका फूलसमेत राखिएको थियो । उहाँ त्रिभुवन विमानस्थलमा ओर्लिएसँगै सवारी मार्गलाई खाली गरिएको थियो । 

चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरःरत्न श्रेष्ठ

चिनियाँ विशिष्ट पाहुनाको आवागमन हुने सडकमा ठाउँठाउँमा  ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका  ब्यानर र स्वागतद्वार बनाइएका थिए । स्वागतका लागि जम्मा भएका कर्मचारी र सर्वसाधारण राष्ट्रपति सी आउनुअघि दुवै देशको झण्डासहितको तस्वीर खिंच्न व्यस्त थिए । उहाँ आउनुअघि सडकको धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएको थियो । राष्ट्रपति सीको स्वागतपछि सर्वसाधारणले बेहुलीझैं सिँगारिएको माइतीघरमण्डलमा सेल्फी  खिंच्न व्यस्त देखिन्थे । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी आजदेखि दुईदिने राजकीय भ्रमणमा यहाँ आउनुभएको हो । रासस 

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सम्मान गारत निरीक्षण गर्नुहुँदै ।  तस्बिरः नवीन पौडेल


चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपति भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी दुई दिने नेपालको राजकीय भ्रमणमा आउनुभएको हो । तस्वीरः रत्न श्रेष्ठ

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सम्मान गारत निरीक्षण गर्नुहुँदै ।  तस्बिरः नवीन पौडेल

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सम्मान गारत अर्पण गर्दै नेपाली सेना ।  तस्बिरः नवीन पौडेल

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः नवीन पौडेल

चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार काठमाडौँको सोल्टीमोडमा स्वागतका लागि लामबद्ध कलाकार । तस्वीरः प्रदीपराज वन्त, रासस

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पञ्चकन्याद्वारा स्वागत गरिँदै । तस्बिरः नवीन पौडेल

चीनका राष्ट्रपति सी चिनफिङको शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपति भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी दुई दिने नेपालको राजकीय भ्रमणमा आउनुभएको हो । तस्वीरः नारायण ढुङ्गाना

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ