Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमालय सीमापार रेलको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

२०७६, २५ आश्विन शनिबार १५:३३

असोज २५, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । 

शनिबार नेपाल आएका उनले आफ्नो सम्मानमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । एस अघि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी थिइन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार शितलनिवासमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै भण्डारीले नेपाली जनताको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गरेकी थिइन् । उनले नेपालमा चिनियाँ लगानीका लागिसमेत आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीको सम्वोधनपछि सीले चीनले नेपाल भ्रमण वर्ष २०२०का लागि सहयोग गर्ने समेत बताएका छन् । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने सीले घोषणा गरे ।


दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रि भोज आयोजना गरेकी छन् । रात्रि भोजमा सीका लागि नेपाली खानाको मेनु अनुसार  सुरुआती खानाको रुपमा बारा, म:म र लुक्लाको सीमीसँगै भटमास साँधेको राखिएको छ । यस्तै कुरिलो र क्वाँटीको रस तयार पारिएको छ । 

मेन मेनुमा पट रोस्ट ल्याम्ब राखिएको छ । यसको सट्टा यस्तै इलामको चिया र गुल्मीको कफि पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ