Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मङ्सिर १४ को उपनिर्वाचन वहिष्कार गर्ने माओवादी केन्द्रको निर्णय

२०७६, २ कार्तिक शनिबार १५:२१

कात्तिक २, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) को तीन दीनदेखि काठमाडौंमा जारी पदाधिकारी, पोलिटब्युरो तथा केन्द्रीय समितिको बैठकले मंसिर १४ हुने उपनिर्वाचनलाई ‘शान्ति र समाजवाद विरोधी’ भन्दै शसक्त रुपमा वहिष्कार गर्ने निर्णय गरेको छ । 

माओवादी केन्द्रको आज सम्पन्न बैठकले सरकारले संबिधान दिवसका दिन् सरकारलाई बुझाएको ‘संविधानको पुनलेखन तथा सरकारका कामबारे’शिर्षकमा १८ बुँदे कार्यपत्रको कार्यान्वयनमा ध्यान नदिएको भन्दै  आगामी मङ्सिर १४ गते सनिबारको दिन हुने उपनिर्वाचन बहिष्कार गर्न एकमत भएको हो । 


माओवादी केन्द्रले सरकारले मङ्सिर १४ गते उपनिर्वाचन गराउदै गर्दा आफूहरुले सरकारका जनविरोधी काम, कृयाकलापहरुको व्यापक भण्डाफोर गर्ने निर्णय गरेको जनाएको छ । माओवादी केन्द्रको बैठकले सरकारले जनतामा थुपारेको चौतर्फि समस्याहरु, संस्थागत भ्रष्टाचार, सामाजिक अपराधीहरुको संरक्षण, महिला हिंशा तथा उत्पीडित वर्ग समुदायमाथिको अन्याय गरेको निष्कर्ष निकाल्दै यस्तै अवस्थामा निर्वाचनमा भाग लिनु उपयुक्त नहुने बैठकपछि माओवादी केन्द्रका एक नेताले बताए । 

ओली नेतृत्वको वर्तमान सरकार निर्वाचनको नाममा मुलुकको ‘शान्ति र जनताको समाजवाद उन्मुख व्यवस्था निमार्णको आन्दोलन’ का विरुद्धमा उभिएकाले मंसिर १४ गते हुने भनिएको उपनिर्वाचनलाई वहिष्कार गर्ने निर्णय लिएको माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले बताए । 

माओवादी केन्द्रले उपनिर्वाचन वहिष्कारको कार्यक्रम अन्तर्गत देशव्यापी हड्ताल गर्ने विषयमा छलफल भएको जनाएको छ । अध्यक्ष किरातीले नेकपा माओवादी केन्द्रले उप निर्वाचनको बहिष्कार सहित सरकारको भण्डाफोर सहितको संघर्षको कार्यक्रम गर्न लागेको भन्दै त्यस संघर्षको लागि सबै संसदवाद विरोधी तथा सच्चा कम्युनिष्ट पार्टीहरुबीच कार्यगत एकता गरेर उपनिर्वाचन बिरुद्ध कार्यक्रम गर्ने बताए ।


स्रोतका अनुसार माओवादी केन्द्र सहित निर्वाचन बहिष्कारको बाटोमा मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माअ‍ेवादी), विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायतका अन्य पार्टीहरुले समेत निर्वाचन विरोधी कार्यक्रमहरु तय गरिरहेका छन् । उनीहरुले फरक-फरक बाटोबाट उपनिर्वाचन बहिष्कार गर्ने नभई सबै पार्टी एकै स्थानमा उभिएर बलियो मोर्चाबन्दी बनाई उपनिर्वाचन बहिष्कार गर्न लागेको बुझिएको छ ।

माओवादी केन्द्रको सनिबार सम्पन्न बैठकमा पार्टी अध्यक्ष किराती सहित उपाध्यक्ष तिलक थापामगर, महासचिव कर्णजित बुढाथोकी, सचिवहरु विनोद उपाध्याय र राजन तिमल्सिना, पोलिटव्यूरो सदस्यहरु र देशैभरका केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ