2026-07-10 10:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महराले बयान दिन नमानेपछि आज फेरि अदालतबाट म्याद थपिँदै

कात्तिक ३, काठमाडौँ | महिलालाई दुर्ब्यबहारको आरोपपछि अनुसन्धानमा तानिएका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रहरीसामु बयान दिन नमानेपछि अनुसन्धानका लागि आज फेरि म्याद थप हुने भएको छ ।

यसअघि प्रहरीले तीन दिन म्याद थपेर बयान लिने प्रयास गरेपनि प्रहरीले उनीसंग बयान लिन सकेको थिएन । जसको कारण प्रहरीको अनुसन्धान पनि रोकिएको छ । अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार महराले बयान दिन नमानेपछि अनुसन्धान पूरा गर्न सकिएको छैन । म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याउने प्रहरीले जनाएको छ ।

महरालाई संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकि थिइन । सोहि आरोपको आधारमा प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरि अनुसन्धानको प्रयास गरिरहेको छ । महराले ति महिलालाई दुर्व्यवहार गरेको आरोप प्रमाणित भए साढे तीन वर्षदेखि पाँच वर्षसम्मको कैद सजाय भोग्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो