2026-07-09 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महरालाई जबरजस्ती करणी मुद्धा लगाउने सरकारी वकिलको निर्णय, सजाय साढे सात वर्षसम्म

कात्तिक १४, काठमाडौँ | आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको र नमानेपछि कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने सरकारी वकिल कार्यालयले निर्णय गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले उनीमाथि सो उद्योगमा मुद्दा दर्ता गर्ने निर्णय भएको बताए । खनालले आजै महरा बिरुद्ध मुद्ध दर्ता हुने जानकारी समेत दिएका छन् । प्रहरीले महराको २० दिन लामो अनुसन्धानबाट संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी उद्योग गरेको पुष्टि भएको जनाएको थियो । महरामाथि अनुसन्धान गरी कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन प्रहरीले शुक्रबार बुझाएको थियो । 

प्रतिवेदनमा महरालाई मुलुकी फौजदारी संहिता २०७४ को बलात्कार प्रयाससम्बन्धी कसूरमा कैद तथा सजायको माग गरिएको छ । 

महरा सार्वजनिक पदाधिकारी भएकाले जति सजाय सर्वसाधारणलाई लाग्छ त्यसको डेढी सजाय थप हुन्छ । जस अनुसार महरालाई करणी उद्योगमा साढे तीनदेखि साढे पाँच वर्षसम्म कैद हुनुपर्नेमा सार्वजनिक पदधारी भएकै कारण साढे सात वर्षसम्म कैद हुन सक्नेछ । 

बलात्कार प्रयासको आरोप लागेपछि १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका महरालाई १९ असोजमा पक्राउ गरिएको थियो । प्रहरी हिरासतमा राखेर महरा माथि अनुसन्धान भइरहेको छ । तर, दशैं र तिहारको विदा परेकाले अनुसन्धानमा ढिलाइ भएको प्रहरीले जनाएको छ । आरोपी पक्राउ परेको २५ दिन भित्र मुद्दा चलाउने/नचलाउने निर्णय गरिसक्नुपर्ने कानुनी प्रावधान छ । तर महरा पक्राउ परेको सो अवधि नाघिसकेको छ । 

महराद्वारा अनुसन्धानमा असहयोग 

निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा असहयोग गरेका छन् । महराले अनुसन्धानको लागि रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन । प्रकरणको अनुसन्धान गरेको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको थियो । 

अपराधस्थल भनिएको सुविधानगरस्थित घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको तलुवालगायतका सामग्री महराको हो/होइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्ने तयारी प्रहरीले गरेको थियो ।

न्यायाधीश सुदर्शनराज पाण्डेको आदेशले गत कात्तिक ७ गते ७ दिन म्याद थप गर्दै रगत दिन आदेश दिएको थियो । तर, अदालतको आदेश महराले टेरेनन् । काठमाडौं प्रहरीले महराले रगत दिन नमाननेको व्यहोरा उल्लेख गरेर मिसिल बुझाएको छ ।  

महराले प्रहरी अनुसन्धानको क्रममा पोलिग्राफ परीक्षण गर्न खोज्यो तर महराले स्वास्थ्य अवस्था ठीक नभएको बहानामा उक्त परीक्षण गर्न पनि मानेनन् ।

त्यस्तै महराले फरेन्सिक जाँचका लागि मोबाइल पनि दिएनन् । महराले नदिएपछि महराको छोरासँग पनि मोबाइल मागियो तार उनले असहयोग गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो