२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आधिकारिक नक्सा समेत सार्वजनिक गर्न नसक्ने सरकारबाट अरु के आश गर्नु ?: शर्मा

२०७६, ९ मंसिर सोमबार ०८:१२

मंसिर ९,कास्की | नेपाली कांग्रेस सभापति एवंम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको आरोप विवादित बनेपछि प्रवक्ता विश्वप्रकाश शर्माले त्यो आशंका मात्र भएको दाबि गरेका छन् | 

उनले नेकपाका कार्यकर्तालाई मोदी संग जवाफ माग्न सुझाव दिएका छन् | सोमबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाटमा सरकार र नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्न आवश्यक रहेको बताएका छन् |

देउवाले प्रधानमन्त्री ओलीसँग सहमती गरेरै भारतले नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएका थिए | देउवाले बोलेको भोलिपल्टै पोखरामा आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले टनकपुर, गण्डकी, कोशी सम्झौताबारे देउवाले जवाफ दिनुपर्ने बताएका थिए |

भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ | प्रवक्ता शर्माले सरकारले तीन दिन भित्रै नक्सा सार्वजनिक गर्न चुनौती समेत दिए | "नक्सा छाप्नु ठूलो कुरा नहोला तर नेपालको आधिकारिक नक्सा समेत सार्वजनिक गर्न नसक्ने सरकारबाट अरु के आश गर्नु ?," उनले प्रश्न गरे |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ