असार ९, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अष्ट्रेलिया भ्रमणका बेला पक्राउ गराउने प्रयास असफल भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ९, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अष्ट्रेलिया भ्रमणका बेला पक्राउ गराउने प्रयास असफल भएको छ । "/>
११ पुष २०८२, शुक्रबार
काठमाडौँ - KTM

प्रचण्डलाई अष्ट्रेलियामा पक्राउ गर्ने योजना असफल (पत्र सहित)

९ असार २०७३, बिहीबार १३:५३

असार ९, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अष्ट्रेलिया भ्रमणका बेला पक्राउ गराउने प्रयास असफल भएको छ । प्रचण्डले अन्तिम समयमा आएर आफ्नो भ्रमण रद्द गरेपछि उनीविरुद्ध भएको ‘षड्यन्त्र’ असफल भएको हो ।


माओवादी अध्यक्ष प्रचण्ड ८ दिनका लागि मंगलबार दिउँसो १ बजे अष्ट्रेलिया जान लागेका थिए । तर, राजनीतिक व्यस्तता बढेको भन्दै उनको भ्रमण अकस्मात रोकिएको थियो । अष्ट्रेलिया भ्रमणमा जान लागेका प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदाइ भेटसमेतथ गरिसकेका थिए ।


प्रधानमन्त्रीसँगको भेटपछि प्रचण्डको भ्रमण अकस्मात रोकिएको हो । प्रधानमन्त्रीले उनलाई यस्तो बेलामा अष्ट्रेलिया नजान सुझाव दिएका थिए । मंगलबार दिउँसो १ बजे अष्ट्रेलिया गएर प्रचण्ड एक सातापछि फर्कने कार्यक्रम थियो ।

त्यहाँ उनले अष्ट्रेलियन संसदका सभामुख एवं सांसदहरुसँग भेट गर्नुका साथै मेलवर्न विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको थियो । आफ्नो पार्टी निकट प्रवासी संगठनको भेलालाई सम्वोधन गर्नुका साथै एनआरएनका पदाधिकारीसँग छलफल गर्ने र अष्ट्रेलियाका विभिन्न स्थानमा भ्रमण गर्ने प्रचण्डको ‘सेड्युल’ थियो ।


कसले गर्‍यो प्रचण्डविरुद्ध उजुरी ?


यसैवीच प्रचण्डको अष्ट्रेलिया भ्रमण तय भएको थाहा पाउनासाथ उनीविरुद्ध चलखेल सुरु भयो । स्रोतका अनुसार सुरुमा उनलाई भिसा नै नदिने र अष्ट्रेलिया प्रवेश गर्न नदिने प्रयास त्यहाँ रहेका माओवादी पीडित नेपालीहरुले गरे । तर, दूतावासले प्रचण्डलाई भिसा दिएपछि उनीहरुको पहिलो ‘षड्यन्त्र’ असफल भयो ।


प्रचण्डले भिसा पाइसकेपछि त्यहाँ रहेका माओवादी विरोधीहरुले प्रचण्ड ‘मानवअधिकारविरोधी’ एवं ‘हत्यारा’ भएको भन्दै अष्ट्रेलियन सरकारलाई उजुरी हाले ।माओवादी विरोधीहरुले प्रचण्डलाई कुमार लामालाई बेलायतले पक्रेजस्तै गरी गिरफ्तार गराउने उद्देश्यले अष्ट्रेलियाको पूर्वी प्रान्तीय सरकार ‘न्यु साउथ वेल्स’ का प्राइमर माइक ब्राइडलाई पत्राचार गरेका थिए । इमेलमार्फत हालिएको सो उजुरीबारे त्यहाँको सरकारले प्रान्तीय सरकारका न्यायमन्त्री एवं प्रहरीलाई समेत जानकारी गराइसकेको थियो ।


अष्ट्रेलियामा रहेका माओवादी विरोधी नेपालीका तर्फबाट पठाइएको सोही इमेलकै आधारमा प्रचण्डलाई पक्राउ गरिन्थ्यो या गरिँदैनथ्यो, त्यो उनको भ्रमण नै स्थगित भएका कारण प्रष्ट हुन पाएन । तर, माइक ब्राइडका पत्राचार प्रवन्धक गेल मिचेलले उजुरीकर्तालाई दिएको जवाफी इमेललाई हेर्दा प्रचण्डको भ्रमणलाई अष्ट्रेलिया सरकारले गम्भीर रुपमा लिएको देखिएको छ ।


यद्यपि माओवादी पार्टीले भने अन्य कारणले नभई पार्टीको आन्तरिक कामको व्यस्तताका कारण प्रचण्डको भ्रमण स्थगित भएको प्रष्ट पारेको छ ।


हेर्नुहोस पत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि