१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री निवास नजिकै बम भेटिनु ‘गुप्तचरी संयन्त्रको असफलता’,सुरक्षा व्यवस्थामाथि नै प्रश्न

२ माघ २०७६, बिहीबार ०९:३५

माघ २, काठमाडौँ | बुधबार बेलुकी काठमाडौँको बालुवाटार प्रधानमन्त्री निवास नजिकै बम फेला परेपछि नेपाली सेनाको टोलीले निष्कृय गरेको थियो | त्यस्तै राति काठमाडौँकै नागार्जुन नगरपालिकास्थित शोभाकान्त ढकालको घरको गेटैमा राखिएको बम विस्फोट हुँदा गेट ध्वस्त भएको प्रहरीले जनाएको छ |


ढकाल ललिता निवास प्रकरणमा नाम मुछिएका व्यक्ति रहेको अधिकारीहरूले बताएका छन् |  कडा सुरक्षा निगरानी हुने प्रधानमन्त्री निवास नजिकै बम फेला पर्नुलाई विज्ञहरूले 'गुप्तचर र सुरक्षा संयन्त्रको असफलता'का रूपमा व्यख्या गरेका छन् भने नेपालको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको छ | दुवै घटना  ललिता निवासको जग्गा हिनामिना प्रकरणसँग जोडिएको अधिकारीहरूले बताएका छन | सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घटनाहरूको जिम्मा लिएको बताइएको छ |

बालुवाटारस्थित ललिता निवासको जग्गालाई आफ्नो कब्जामा लिएको भन्दै उसले त्यस जग्गामा एउटा बोर्ड राखेको तथा पर्चाहरू छरेको खबरहरू आएका छन् | विप्लव समुहले  यसै साता मात्र राजधानी आसपासका विभिन्न क्षेत्रमा रहेका निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलका टावरहरूमा पनि त्यस्तै खाले विस्फोटन र आगजनी गरेको दाबि समेत गरेको थियो | एनसेलले उक्त समूहले पत्र नै लेखेर धम्की दिएको जनाउँदै आफ्ना कर्मचारी र टावरको सुरक्षा गरिदिन माग समेत गरेको हो |

राजधानी भित्र भएका विस्फोटन र एनसेलका टावरमा भएको हमलाबारे सुरक्षा निकायलाई पूर्व जानकारी नहुनुलाई विज्ञहरूले "गुप्तचरी र सूचना आदानप्रदान हुनुपर्ने निकायको कमजोरी"भएको बताएका छन् |

एक पूर्व गृह सचिव सूर्य सिलवालको भनाई यस्तो छ , "यो कुरामा सम्बन्धित निकायबाट सावधानी अपनाउनु पर्ने कुरा पुगेन जस्तो छ | गुप्तचरी संयन्त्रबाट र सूचना सङ्कलन हुनुपर्ने निकायबाट केही भएको देखिएन।"

उनले भने प्रधानमन्त्री निवास नजिकै बम राख्न सकिने अवस्था आउनु भनेको निकै संवेदनशील कुरा हो | 'विप्लव समुहले चुनौती दिएको जस्तो देखिएको छ' र आफ्नो उपस्थिति देखाउन उक्त कार्य गरेको हुनसक्ने' सिवालको तर्क छ |

यो समस्या सुरक्षाको मात्र नभइ राजनीतिक भएकाले त्यसलाई वार्तामार्फत समाधान गर्नुपर्ने उनको दाबि छ | नेपाल प्रहरीका अवकासप्राप्त प्रहरी नायब महानिरिक्षक हेमन्त मल्लले चाहिँ सरकारले सूचना प्राप्त गर्ने आधारहरू तयार नगर्दा र सूचनाका लागि लगानी नगर्दा यस्ता घटनाहरू भएको बताए |

उनी अहिले विप्लव समूहले नागरिकहरूलाई निराश बनाउने कुराहरूप्रति लक्षित आक्रमण गरेर जनमत हासिल गर्न खोजेको जस्तो देखिएको विश्लेषण गर्छन् | "एनसेलमा करको विवाद छ अनि ललिता निवासमा जग्गाको, यस्ता विषयप्रति नागरिकहरू असन्तुष्ट देखिन्छन्। उनीहरूले त्यस्तै कुरामा हमला गरेर आफ्नो पक्षमा जनमत लिन खोजेको देखिन्छ।" उनले प्रधानमन्त्री निवास छेउमा मानिसहरू समेत ठूलो सङ्ख्यामा भेला हुन नपाउने अवस्थामा बम नै राखिनु सुरक्षाका हिसाबले निकै ठूलो चुनौती भएको बताए। त्यसलाई "गुप्तचरी संयन्त्रको असफलता"का रूपमा लिनुपर्ने उनको भनाइ छ | नेपालमा गुप्तचरी सूचना सङ्कलनमा रकम खर्चने चलन नरहेकाले पनि यस्ता चुनौती सामना गर्न समस्या पर्ने गरेको उनले बताए |

"सरकारले समयमै ध्यान दिएन भने सुरक्षा संवेदनशीलता बढ्ने मात्र होइन। केही सुरक्षा कारबाही गर्नुपर्दा पनि असहज स्थिति पैदा हुनसक्छ," उनले भने।-बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण