माघ ५, काठमाडौँ | अग्नि सापकोटालाई सभामुख बनाउन ओली र प्रचण्डबीच सहमति भएको छ | आइतबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफलपछि अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएको जनाइएको छ |
नेकपाले सभामुखको उम्मेदवार टुंगो नलाग्दा संसद बैठक एक महिनादेखि सुचना टाँसेर स्थगित गुन्दै आएको छ | त्यस्तै पुस ४ गते देखि हिउँदे अधिवेशन सुरु हुँदा समेत बैठक नै बसेको छैन | ससद बैठक माघ ६ गते बोलाइएको छ |
सभामुखको विषयमा दुई अध्यक्षबिच सहमति हुन् नसक्दा लामो समय सम्म संसद नै बन्धक बनेको विपक्ष दलले तर्क गर्दै आएका छन | ओलीले सुवास नेम्वाङ र प्रचण्डले सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने माग राख्दै आएका थिए |
अध्यक्ष प्रचण्ड निकट मानिने सापकोटाको नाममा सहमति जुटेको हो | आइतबार अपराहन्न ४ बजे नेकपा सचिवालय बैठक पनि बस्ने भएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!