२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रजातन्त्रको सूचकाङ्कमा नेपाल ९२औँ स्थानमा,भारत कुन स्थानमा छ ?

२०७६, ९ माघ बिहीबार ०५:२०

माघ ९, काठमाण्डौ | नेपाल प्रजातन्त्रको सूचकाङ्कमा ९२औँ स्थानमा परेको छ | अन्तर्राष्ट्रिय पत्रिका 'द इकोनोमिस्ट' को वार्षिक ‘डेमोक्रेसी इण्डेक्स’ मा नेपालले पाँच स्थान सुधार गर्दै ९२औँ स्थानमा नेपाल प्रजातन्त्रको सूचका पर्न सफल भएको हो |

१६५ देशको बारेमा जारी गरेको उक्त प्रतिवेदनमा नेपाललाई सन् २०१९ को सूचकाङ्कमा ९२औँ स्थानमा राखिएको छ | सन् २०१८ मा नेपाल ९७औँ स्थानमा थियो | 'चीन र भारतसँगको सम्बन्ध सन्तुलित गर्नु नेपालको विदेश नीतिको लागि महत्वपूर्ण हुनेछ । पूर्वानुमान अवधिमा यी दुवै देशको वित्तीय सहायताबाट नेपाललाई फाइदा पुग्नेछ |' इन्टेलिजेन्स युनिटले नेपालको बारेमा भनेको छ | त्यस्तै कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि ७ प्रतिशत औसत रहने अनुमान गरिएको छ |

प्रतिवेदनमा जनाइए अनुसार डेमाक्रेसी इण्डेक्समा विश्वको सबैभन्दा ठूलो लोकतन्त्र, भारतको समग्र योगफलमा ठूलो गिरावट आएको छ | भारत सन् २०१९ मा १० स्थान तल खस्दै ५१औँ स्थानमा रहेको छ भने यस अघि सन् २०१८ मा ४१औँ स्थानमा रहेको  थियो |

नर्वे पहिलो स्थानमा पर्न सफल भएको छ | आइसल्याण्ड दोस्रो, स्विडेन तेस्रो, न्युजिल्याण्ड चौथो, फिनल्याण्ड पाँचौ, आयरल्याण्ड छैटौ, डेनमार्क सातौँ, क्यानडा आठौँ, अस्ट्रेलिया नवौँ र स्विजरल्याण्ड १०औँ स्थानमा रहेका छन् | 

त्यस्तै अमेरिका २५औँ, जापान २४औँ, इजरायल २८औँ र बेलायत १४औँ स्थानमा छन् | प्रतिवेदनका अनुसार चीन १५३औँ, पाकिस्तान १०८औँ, बङ्गलादेश ८०औँ र श्रीलङ्का ६९औँ स्थानमा रहेका छन् |

व्यक्तिगत स्वतन्त्रता, बहुलवाद, अभिव्यक्ति र प्रेस स्वतन्त्रता, राजनीतिक संस्कृति, चुनाव प्रणाली, कानुनी राज्यको स्थिति, शासन सञ्चालनमा विदेशी प्रभाव लगायतका ६० वटा विषयलाई आधार बनाएर निर्धारण गरिएको हुन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु