१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रजातन्त्रको सूचकाङ्कमा नेपाल ९२औँ स्थानमा,भारत कुन स्थानमा छ ?

९ माघ २०७६, बिहीबार ०५:२०

माघ ९, काठमाण्डौ | नेपाल प्रजातन्त्रको सूचकाङ्कमा ९२औँ स्थानमा परेको छ | अन्तर्राष्ट्रिय पत्रिका 'द इकोनोमिस्ट' को वार्षिक ‘डेमोक्रेसी इण्डेक्स’ मा नेपालले पाँच स्थान सुधार गर्दै ९२औँ स्थानमा नेपाल प्रजातन्त्रको सूचका पर्न सफल भएको हो |

१६५ देशको बारेमा जारी गरेको उक्त प्रतिवेदनमा नेपाललाई सन् २०१९ को सूचकाङ्कमा ९२औँ स्थानमा राखिएको छ | सन् २०१८ मा नेपाल ९७औँ स्थानमा थियो | 'चीन र भारतसँगको सम्बन्ध सन्तुलित गर्नु नेपालको विदेश नीतिको लागि महत्वपूर्ण हुनेछ । पूर्वानुमान अवधिमा यी दुवै देशको वित्तीय सहायताबाट नेपाललाई फाइदा पुग्नेछ |' इन्टेलिजेन्स युनिटले नेपालको बारेमा भनेको छ | त्यस्तै कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि ७ प्रतिशत औसत रहने अनुमान गरिएको छ |

प्रतिवेदनमा जनाइए अनुसार डेमाक्रेसी इण्डेक्समा विश्वको सबैभन्दा ठूलो लोकतन्त्र, भारतको समग्र योगफलमा ठूलो गिरावट आएको छ | भारत सन् २०१९ मा १० स्थान तल खस्दै ५१औँ स्थानमा रहेको छ भने यस अघि सन् २०१८ मा ४१औँ स्थानमा रहेको  थियो |

नर्वे पहिलो स्थानमा पर्न सफल भएको छ | आइसल्याण्ड दोस्रो, स्विडेन तेस्रो, न्युजिल्याण्ड चौथो, फिनल्याण्ड पाँचौ, आयरल्याण्ड छैटौ, डेनमार्क सातौँ, क्यानडा आठौँ, अस्ट्रेलिया नवौँ र स्विजरल्याण्ड १०औँ स्थानमा रहेका छन् | 

त्यस्तै अमेरिका २५औँ, जापान २४औँ, इजरायल २८औँ र बेलायत १४औँ स्थानमा छन् | प्रतिवेदनका अनुसार चीन १५३औँ, पाकिस्तान १०८औँ, बङ्गलादेश ८०औँ र श्रीलङ्का ६९औँ स्थानमा रहेका छन् |

व्यक्तिगत स्वतन्त्रता, बहुलवाद, अभिव्यक्ति र प्रेस स्वतन्त्रता, राजनीतिक संस्कृति, चुनाव प्रणाली, कानुनी राज्यको स्थिति, शासन सञ्चालनमा विदेशी प्रभाव लगायतका ६० वटा विषयलाई आधार बनाएर निर्धारण गरिएको हुन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण