२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेविसंघ तदर्थ कार्यसमितिको अध्क्षयमा राजीव ढुंगाना

२०७६, १६ माघ बिहीबार ०७:२८

माघ १६, काठमाडौं | नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति काँग्रेस  सभापति शेरबहादुर देउवाले  घोषणा गरेका छन् | जस अनुसार अध्यक्षमा सुनसरीका राजीव ढुंगाना र महामन्त्रीमा काठमाण्डौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवर रहेका छन् |

२०७५ फागुन १ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय र पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम देउवा ११ महिना १८ दिनपछि नेविसंघ तदर्थ समिति ल्याएका हुन् | १२७ सदस्यीय समितिमा आज देउवाले आफ्नो तर्फबाट अध्यक्ष र दुई महामन्त्रीसहतिको समिति घोषणा गरेका हुन् |

तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र  गरिने बताइएको छ | सभापति देउवा पक्षबाट सभापतिसहित २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री, एक जना कोषाध्यक्ष र ४० जना सदस्य रहने छन् |

त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३५ सदस्य रहनेछन् भने कृष्णप्रसाद सिटौला पक्षबाट २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३० सदस्य रहेछन् | तदर्थ समिति बनिसकेपछि गच्छदार समूहलाई एउटा महामन्त्रीसहित केही सदस्यलाई दिइनेछ |

 समितिलाई आजको मितिले ६ महिनाभित्र नेवि संघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ  | १२ औं मधिवेशनसम्म नेवि संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने दिइएको छ |

तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय महाधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु