२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री गुरुङले ‘कार्यकक्षमै मदिरा भोज’ दिएको भन्दै आलोचना भएपछि यस्तो भने

२०७६, ४ फाल्गुन आईतवार ११:४८

फागुन ४, काठमाडौँ | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको एउटा भिडियो सामाजिक संजालमा भाइरल भएको छ | जन्मदिनको अवसरमा मुख्यमन्त्रीले परिवार, आफन्त र शुभचिन्तकमाझ मदिरासहितको भोज गरेको भिडियोमा देखिएको छ |

उनले आफ्नो कार्यक्षमै मदिरा सहित भोज आयोजना गरेको भन्दै आलोचना भएइरहेको छ | भिडियोमा कोठाको भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर र टेबलमा नेपालको राष्ट्रिय झण्डा पनि देखिएको छ | तर मुख्यमन्त्री रूङ सचिवालय उक्त जमघट कार्यालयमा नभएर मुख्यमन्त्रीको निवासमा भएको बताएको छ | मुख्यमन्त्रीका निजी सचिव डिल्लीराम सिग्देलले आइतबार विज्ञप्ति निकालेर जमघट मुख्यमन्त्रीको निवासमा भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘फागुन २ मा मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन मुख्यमन्त्रीको जन्मदिनसमेत रहेकाले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो |

सो क्रममा खिचिएका भिडियो र फोटाहरूलाई मुख्यमन्त्रीको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ । गुरुङ जातिको संस्कारअनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरीत कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहन्छौं । तसर्थ यस विषयमा कुनै भ्रममा नपर्नका लागि हामी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछौं ।’

तर भिडियोमा कोठाको भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर र टेबलमा नेपालको राष्ट्रिय झण्डा देखिएकाले आफ्नो कार्यक्षमै मदिरा सेवन गरेको भन्दै सामाजिक सामाजिक सन्जालमा चर्को आलोचना भइरहेको छ | गण्डकी प्रदेश का मुख्यमन्त्री गुरुङ नेकपाका प्रदेश इन्चार्ज समेत हुन् |

हेर्नुहोस बिज्ञप्ति यस्तो छ :

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस :

https://www.facebook.com/1822760731347392/videos/825311497988398/?t=0

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु