१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री गुरुङले ‘कार्यकक्षमै मदिरा भोज’ दिएको भन्दै आलोचना भएपछि यस्तो भने

४ फाल्गुन २०७६, आईतवार ११:४८

फागुन ४, काठमाडौँ | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको एउटा भिडियो सामाजिक संजालमा भाइरल भएको छ | जन्मदिनको अवसरमा मुख्यमन्त्रीले परिवार, आफन्त र शुभचिन्तकमाझ मदिरासहितको भोज गरेको भिडियोमा देखिएको छ |

उनले आफ्नो कार्यक्षमै मदिरा सहित भोज आयोजना गरेको भन्दै आलोचना भएइरहेको छ | भिडियोमा कोठाको भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर र टेबलमा नेपालको राष्ट्रिय झण्डा पनि देखिएको छ | तर मुख्यमन्त्री रूङ सचिवालय उक्त जमघट कार्यालयमा नभएर मुख्यमन्त्रीको निवासमा भएको बताएको छ | मुख्यमन्त्रीका निजी सचिव डिल्लीराम सिग्देलले आइतबार विज्ञप्ति निकालेर जमघट मुख्यमन्त्रीको निवासमा भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘फागुन २ मा मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन मुख्यमन्त्रीको जन्मदिनसमेत रहेकाले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो |

सो क्रममा खिचिएका भिडियो र फोटाहरूलाई मुख्यमन्त्रीको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ । गुरुङ जातिको संस्कारअनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरीत कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहन्छौं । तसर्थ यस विषयमा कुनै भ्रममा नपर्नका लागि हामी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछौं ।’

तर भिडियोमा कोठाको भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर र टेबलमा नेपालको राष्ट्रिय झण्डा देखिएकाले आफ्नो कार्यक्षमै मदिरा सेवन गरेको भन्दै सामाजिक सामाजिक सन्जालमा चर्को आलोचना भइरहेको छ | गण्डकी प्रदेश का मुख्यमन्त्री गुरुङ नेकपाका प्रदेश इन्चार्ज समेत हुन् |

हेर्नुहोस बिज्ञप्ति यस्तो छ :

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस :

https://www.facebook.com/1822760731347392/videos/825311497988398/?t=0

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण