2026-07-09 08:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालुवाटार जग्गा प्रकरणमा व्यंग्य गर्दै गगन थापाले सुनाए “स्वस्थानी कथा’

2020-02-18

फागुन ६, काठमाडौं | मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै  नेपाली कांग्रेसका सांसद गगन थापाले बालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेललाई जोगाएको भन्दै व्यंग्य गरेका छन् |

उनले  स्वस्थानी व्रतकथाको कथाशैलीमा पौडेल पुत्र नवीनले जग्गा फिर्ता गर्ने मञ्जुरी र अख्तियारले मुद्दा नचालएको प्रसंगलाई उल्लेख गरेका छन् | 'कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णु मुनी, अबदेखि कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नू | थाहा पाइहाले होइन होइन भन्नू | चित्त बुझाउन नसकेर अप्ठ्यारोमा नै पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनू र दुई पटक विष्णु विष्णु भन्नू | त्यसमा पनि लोकले चित्त बुझाएन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चारपटक विष्णु विष्णु भन्नू | त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन्' थापाले भने | "इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय" धन्यवाद । 

बालुवाटार स्थित ललितानिवासको सरकारी जग्गा प्रकरणमा अख्तियारले महासचिव बिष्णु पौडेललाई उन्मुक्क्ति दिएको भन्दै कांग्रेसले आलोचना गर्दै आएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो