२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारमन्त्री गोकुल बास्कोटाले अश्लिल शब्द बोल्दै ७० करोड कमिसन मागेको अडियो सार्वजनिक (अडियो सहित )

२०७६, ८ फाल्गुन बिहीबार ०५:४३

फागुन ८, काठमाडौं | सरकारका प्रवक्ता एवम सुचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो क्लिप सार्वजनिक भएको छ | एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको दुई मिनेट ३४ सेकेन्डको अडियो सार्वजनिक भएको हो |

स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कसरी बढी कमिसन लिन सकिन्छ भन्ने कुरा गरेको देखिन्छ | एजेन्ट मिश्रले बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने बताएका छन् | ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने उनले बताएको अडियोमा सुनिन्छ | प्रधानमन्त्री ओलीका विश्वसनीय पात्र मानिएका सरकारका प्रवक्तले नै कमिसनकोलागि बार्गेनिङ गर्नुले सरकार भ्रष्टाचारमा डुबेको प्रष्ट देख्न सकिन्छ | 

अहिले प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेर गरेका भाषणलाई यस्ता घटनाले मजाक उडाईरहेका छन् | अन्य प्रकरणमा जस्तै ओलीले यसमा पनि मन्त्रीलाई कारबाही गर्छन कि उन्मुक्ति दिन्छन त्यो भने हेर्न बाँकी छ |

हेर्नुहोस सञ्चारमन्त्री गोकुल बास्कोटाले  ७० करोड कमिसन मागेको अडियो:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु